Friday, November 2, 2007

Autobiography

७ बर्ष:

प्रस्तुत् फोटो अन्दाजि ७ बर्षको उमेरमा २०४१ शालतिर खिचिएको हो। नयाँ घर पछाडिको सानो फोक्टो बारिमा खिचिएको उक्त फोटोमा दशै आउनै लाग्दाका सयपत्रिहरु देखिएका छन्।
२०५०-१२-७, भोजपुर।

८ बर्ष:

अन्दाजि ८ वर्ष को उमेरमा खिचिएको यो फोटो दशैं को अस्ठमीको दिन् खिचिएको हो। खसी मार हानेर आँगनमा काट् कुट् भैरहेकोछ।
२०५०-१२-७, भोजपुर।

९ बर्ष:

अन्दाजि ९ वर्ष को उमेरमा २०४३ शालतिर खिचिएको यो फोटो पनि दशैं को निकट समयतिर पुरानो घरको तल्लापट्टि खिचिएको हो। केरा र भोगटेका बोटहरुको द्रिष्य यस्मा देखिएको छ।
२०५०-१२-७, भोजपुर।

१० बर्ष:

यो फोटो पनि दशैंको वेलामा नै नयाँ घरको पछडिको बारिमा खिचिएको हो। पल्लाघर, बारि र वाँसघारि जस्ता द्रिष्यले भरिएको प्रस्तुत् फोटो अन्दाजि १० वर्ष को उमेरमा २०४४ शालतिर खिचिएको हो।
२०५०-१२-७, भोजपुर।

११ बर्ष:

तिहारको सुखद उपलक्ष्यमा घरमाथिको तोरिवारिमा खिचिएको यो फोटोमा पनि पल्लाघर, वारि र टाँकिका बोटहरु देखिएका छन्। यो अन्दाजि ११ वर्षको उमेरमा २०४५ शालतिर खिचिएको हो।
२०५०-१२-७, भोजपुर।

१५ बर्ष:

२०५० शाल अषाढ ४ गतेका दिन् १५ वर्षको उमेरमा खिचिएको यो फोटो बिध्यालयको वार्षिक जन्मजयन्तिको अवसरमा बिध्यार्थीहरुकै तर्फबाट प्रस्तुत् "पग्लिएका आत्माहरु" नामक नाटकको पात्र परिचयको बखत बिध्यालयको प्रांगणमा खिचिएको हो। एउटा उदन्डवादी बिध्यार्थीको रोल पूरा गर्नुपर्दा यहाँ लगाइएका पहिरनहरु त्यसै अनुरुपका छन्।
२०५०-१२-७, भोजपुर।

१६ बर्ष:

SLC सकियो। उच्चसिक्षा सुरु भयो, Overseer, पुल्चोक क्याम्पसमा। जिवनमा अव एउटा मोड आएको छ र द्रिष्यमा परिवर्तन भएको छ। २०५१ शालमा काठमाण्डौ को बिजुली बजार स्थित डेरामा खिचिएको यो फोटो १६ वर्षको उमेरमा खिचिएको हो। भित्तामा टासिएको भाउजुको फोटो र हिमालहरुको पोस्टर पनि आएका छन्। पहिलो पटक जिवन् सहरमा पुगेको छ र आफ्नो गाउँघर र बिध्यालय बाहिरको पहिलो तस्विर् खिचिएको छ।
२०५१-१०-०२, पुल्चोक होस्टल।

१७ बर्ष:

बिजुलिवजारकै डेरा वाल घरको छतमा खिचिएको यो तस्विर २०५२ शालको सुरुतिरको हो। जिवन अब १७ औं वसन्त झेलिरहेछ।
२०५२-७-९, पुल्चोक होस्टल।

१८ बर्ष:

२०५२ शाल मंसिर १६ गते धुलिखेल (देविथान) स्थित डांडामा खिचिएको यो तस्विर १८ बर्ष पुग्नासाथको हो। कलेजका साथिहरु संग पहिलो पटक म एउटा बनभोजमा छु, नाच-गान, रम-झम, गाना-बजाना, खाने-पाकाउने, घुम्ने-उफ्रने।
Picnic: एउटा सुन्दर पल जिवनको।
२०५३-१-२२, पुल्चोक होस्टल।

१९ बर्ष:

२०५४ शाल असोज २८ गते।
गाउँकै तामाङहरुको कोदोवारि।
गिदेरिको बुट्टो, अरु बुट्यानहरु र पारिको कुहिरो।
सहरबाट गाउँ फर्कंदाको आनन्द र उल्लास।
दशैं को अर्को माहोल, आफ्नो पनको दशैं, आफ्नो घरमा, आफ्नो संसारमा।

१९ वटा मीठा वसन्तहरु पार गर्यो जिवनले।
So called Teen Age सकियो।
बुढो हुदै जानु किन यति निरासिलो?

र जिवन अव अर्को transition मा छ।
Overseer सकियो।
चाहे जति नम्बर पनि आयो।
तर अव जागिर् खोजेर स्वावलम्बी बन्नु छ।
पढ्ने रहर पनि त मरेको छैन।
दोवाटो, दोधार।
समस्या, सम्झ्यौता।
२०५४-८-४, भोजपुर।

२० बर्ष:

कुपन्डोल स्थित नयाँ डेरामा २०५५-६-२ मा खिचिएको यो फोटो २० वर्षको उमेरमा खिचिएको हो। भर्खरै Computer Engineering को BE program मा भर्ना भएं र पढ्ने रहरलाई जिवितै राख्न सकिरहेछु।
२०५५-५-४, कुपन्डोल्, ललितपुर।

२१ वर्ष:

२०५६ शाल असार २१ गते साल्दाजुको विवाहको अवसरमा पशुपति परिसरमा गएको वखत खिचिएको यो तस्विर २१ वर्ष को उमेरको हो।
२०५६-५-२, पुल्चोक होस्टल।

२२ वर्ष:

गोदावरि गार्डेन गएको वखत २०५६ पौषमा खिचिएको यो तस्विर २२ वर्षको उमेरको हो।
२०५७-१-२, पुल्चोक होस्टल।

२३ वर्ष:

२०५७ - ९ - ९
Hiking चम्पादेवी डाँडा।
२०५७-११-२५, पुल्चोक होस्टल।

२४ वर्ष:

२०५८ माघ।
हिउँदको एउटा उघ्रेको दिन।
पुल्चोक नयाँ होस्टलको Blcok C को छत बाट उत्तरतर्फ हेर्दा देखिने काठमाण्डौ उपत्यका र माथि हिमालहरु को एउटा सुन्दर द्रिस्य।
र यसै वर्षवादेखि म Advanced College of Engineering and Management मा BE पछि २ वर्ष समेतका लागि अनुवन्धित भएं।
२०५८-१०-२३, पुल्चोक होस्टल।

२५ वर्ष:

२०६०-३-२१
यो त्यो वर्ष हो जहाँ जिवनले सहयत्रा वरण गरिसकेको छ। प्यारी सहयात्रि संग।
यो त्यो वर्ष हो जहाँ पहिलो विदेश वसाइ बिताइरहेछु, बैंककमा, so called further education।
र तस्विर आफैं पुर्ण छ - मेरो परिवर्तन उल्लेख गर्न।
2003-10-3, SV 12 A 1, AIT, Bangkok.

२६ वर्ष:

२६ वशन्तहरु पार गरिसकेको छ जिवनले। अनुहारमा अव Teen Age को झैं चमक छैन - कता कता उमेरका धर्साहरु कोरिए झैँ छन् - power glasses संगै।अस्तिनै, सायद जनवरी ४ तारिख हुंदो हो - उनि म संग थिइन् - यो परदेशमा - bangkok।
यो चकराट् पार्क मेरो उमेर् संगै बुढो हुंदैन। बरु अझ तरुनो हुदै जान्छ। संभवत मेरो कपाल फुलि सक्दा र मेरि संगिनिका गालाहरु चाउरि परिसक्दा पनि फेरि हामी यो पार्कमा आइपुग्यौं भने - ति सयपत्रिहरु यसरिनै फक्रिरहेका हुनेहोलान् - उन्मक्त प्रेम जोडिहरु त्यसरिनै संसार भुलिरहेका हुनेहोलान् - जसरि २०६० शाल पौष १९ गते मात्तिरहेका थिए - यो तस्विरको नेपथ्यमा।
2004-2-5, SV 12 A 1, AIT, Bangkok.

२७ वर्ष:

अप्रिल् को पहिलो हप्ता, २००५ शाल।आयुथाया बैंकक भन्दा १०० कि मि जति उत्तरतिर अवस्थित् एउटा सानो ऐतिहासिक सहर हो। नेपाल बाट दाजु आउनु भयो, मेरो Masters को thesis सकियो र आयुथाया जाने मौका मिल्यो।जिवन २७ वर्ष पुरानो भैसक्यो, सायद मक्किने बेला हुदै होला। master's degree हात पर्यो - AIT को। र एउटा अर्को अनिस्चितताको Degree बढ्यो।
Photo Canvas मा हरियालि छ - मन चंगा छ - त्यो समय - त्यो नहरको पानी जस्तै। उमंगले चुमिरहेको हुनुपर्छ - २ वर्षा लामो कहालि लाग्दो एकल जिवन समाप्त गरेर आफ्नो प्यारो संसारमा फर्कने तयारिले।
यो CANVAS का हरियालीहरु - सुन्दर डुंगा र पालीहरु र नहरको स्वच्छ पानी जस्तै जिवन सदैव सुन्दर बनोस्।
2005-6-27, Minbhawan, Kathmandu.

२८ वर्ष:

यो मेरो २८ औँ जन्मदिन हो - मंसिर ७, २०६२ (Nov, 22, 2005)। जिवन अर्को गोलार्धको पाटोमा आफ्ना गोरेटोहरु कोर्ने प्रयास गरिरहेछ, २-३ महिना देखि।
Iowa मध्य अ-मेरिकि राज्य - प्राय: पुर्ख्यौली अ-मेरिकनहरुको थलो। Ames मध्य Iowa को सानो सहर - वास्तवमा विस्वबिध्यालय सहर। ३० -३५ हजार विस्वबिध्यालय संग संबध्द मान्छेहरु, अरु २०-२२ हजार्।
यो सानो सहरमा Iowa State University म बाट केहि निकाल्ने प्रयास गरिरहेछ - केहि उपयोग्य र म यसवाट केहि निकाल्न प्रयासरत छु - केहि बिक्रियोग्य।
र यो तस्विर जिवनको एउटा उल्लेख्य अनुभूति प्रस्तुत गर्दछ - म अ-मेरिकि ससाना वालवालिकाहरुलाई नेपाल शब्दको परिचय दिन खोजिरहेछु। "Your flag is rectangular, my one is very atypical - multi-triangular. "छेउमा मेरो मादल मेरो अस्थित्व उझेलिरहेछ।
2005-12-15, Ames, Iowa.

२९ वर्ष:

July the 8th, 2007, Chicago, IL.
जिवनले अव २९ वर्ष पुरा गरिसकेको छ र औसत नेपालीको आयु ५८ वर्ष भनिदै गर्दा ठ्याक्क आधा जिवन समाप्त भयको छ। दोस्रो अर्ध जिवन सुरु हुदै गर्दा जिवन अझै अध्ययनमा दिनचर्या खुर्किरहेछ - केहि बन्ने अभिलाशामा, सुन्दर भविष्यको कल्पनामा। तर एउटा बढेमानको प्रष्न चिन्न खडा हुन्छ - आधा भन्दा बढि जिवन बिध्यालयहरुमा बितायर के मैले एकवारको जुनिलाइ न्याय गरिरहेको छु?

र यसरि हामीले हाम्रो सहयात्राको पनि चौथो वार्षिकोत्सव मनाइसकेका छौं। कसरि यति सुलुत्तै चार चार वशन्तहरु हामीबाट इतिहासतर्फ बिलिन भए!र गयका २ वर्ष यि जिवनकालका अन्तगंगहरु अ-मेरिकामा बिते। PhD को एउटा प्रमाणपत्र आर्जन गर्ने संघर्शमा जिवन आफैलाई घोर अन्याय गरिरहेझैं छ। Ames का हिउँहरुमा भोजपुरे पाइतालाहरु गोरेटो पहिल्याउन खोजिरहेछन्।

अ-मेरिकाको संभवत तेस्रो ठुलो सहर, chicago, धेरै गगनचुम्बि tower हरुलाइ बोकेर गर्भिलो उभियको छ। संगैकि Lake Michigan आफ्नो अथाह शरिरभरि अनगिन्ति आधुनिक डुंगाहरु बोकेर गर्भिलि हाँसिरहेकि छिन्।

07/17/2007, Ames, Iowa.




6 comments:

Unknown said...

Nice BIography with memorable pics.
cheban

Manoj Karkee said...

Thanks Cheban. It is really nice to learn that you read my blogs.

Thanks,
Manoj

SHAMBHU KARKEE said...

REALLY MADE ME HAPPY TO SEE YOUR BLOG. R U ALSO MR KARKEE????WHY NOT MR KARKI??? THANKS AND REGARDS,,,SHAMBHU KARKEE, POKHARA, NEPAL (NOW LONDON)karkeeshambhu@gmail.com

Manoj Karkee said...

thank you shambhu ji. it is like that, for no reason.

somewhereondearth said...

दाइ, हजुरको यात्रा राम्रो सँग गोडेर राखेको पाएँ । प्रेरणा दिने लोभलाग्दो यात्रा!

Manoj Karkee said...

Thank you very much Some bhai!