१७/१८ बर्ष अगाडिको एउटा बिहानीलाई सम्झन्छु: एक निम्ठो घास काटेर पेटिमा बिसाइ भात खाइओरी उकालो लाग्दा ९:०० बजेको हुन्थ्यो। देउरालीसम्म गतिलै उकालो, अनि तेर्सै तेर्सो र डाँडागाउको ओरालो झरेपछि प्रांगणमा पुग्दा ठीक्क लाइन बस्ने बेला भएको हुन्थ्यो। चन्द्र सरको पहिलो घन्टी, महतसरको दोस्रो हुँदै टिफिन, तेस्मा लुच्चेको पिप्सा (म सँग उस्को अर्को नाम छैन, तर यो नाम म आदरपुर्वक प्रयोग गरिरहेको छु), एउटा सानो सिंखडा र एकैछिन भलिबल; अनी ५, ६ र ७ घन्टी पढेपछि फेरि डांडागाउको उकालो, अनी तेर्सो, अनी ओरालो हुँदै घर पुग्दा ५ बज्थ्यो। मकै-भट्मास र एक गिलास महीले माथ्लो टाहारमा १ घन्टा मोजा बेरेर बनाएको भकुन्डो उफार्न पुग्थ्यो। सांझको भात पछि लाल्टिनको ओरिपरी बसेर सुरु हुन्थ्यो ग्रिहकार्य; १-२ जना अरु साथिहरुसंगै। बिचमा निद्रा भगाउन बुधिचाल खेल्थ्यौ र प्राय: रातीको १२ बज्न लागेपछी मिठो निद्रा देबीको काखमा! र फेरि अर्को नयाँ बिहानि, प्राय: पुरानै रङमा पोतियर आउथ्यो।
---------------------------------------
२०५० साल माघ २८ गते देखि २०६७ साल कार्तिक २५ गते सम्म; यी हरफहरु लेखिरहदा मैले औपचारिक रुपमा बिधोदय छाडेको १७ बर्ष भएछ। एउटा लामो काल खन्ड बित्यो यो बिचमा; देश् हिम्सा र प्रति हिम्साका स्रिन्खलाहरु पार गर्दै एउटा असम्न्जस परिस्थितिमा उभिएको छ (मेरो तात्पर्य राजनैतीक बिस्लेषण भने हैन, खाली प्रसंग मिलाउन खोजेको मात्रै हो); मैले एस.एल.सी. दिदा जन्मिएका भाइ-बहिनिहरु एस.एल.सी. पास भैसकेका छन; मटितेलमा बिउझिने हाम्रा भोजपुरे सांझहरु राष्ट्रिय ग्रिड्मा जोडिएको बिजुली बत्तिमा उज्यालिएका छन्; उकाली-ओरालि र भिर-पाखा पार गर्दै बहु-प्रतिक्षित मोटरबाटो गाउगाउ फैलिदैछ। कतिपय बिद्यार्थीहरुसँग त अब कम्प्युटर र इन्टरनेट पहुच पनि होला। संगै बिध्यालयले पनि धेरै भौतिक, प्रसासनिक, साँस्कृतिक र सामाजिक परिवर्तनहरु अंगालीसकेको होला। मैले अन्तिम पटक २०५५ सालतिर बिध्यालय भ्रमण गर्दा प्रांगणको दक्षिण तिर एउटा तुलनात्मक हिसाबले आधुनिक भवन बनिसकेको थियो। त्यो एउटा खुसीको कुरा थियो की जिर्ण हुँदै गएको बिध्यालयको भौतिक संरचनामा सुधार आएको थियो। तर मलाइ कता कता नरमाइलो पनि लाग्यो; यसमानेमाकी मेरो सम्झना सँग गासिएका धेरै अभयवहरु मासिदै थिए र बिध्यालय कता कता मेरो लागि बिरानो हुँदै गएको भान हुन्थ्यो (सायद म गल्ती थिए, किन भने भावना भौतिक संरचनामा मात्रै सिमित हुदैन)। यो र अरु यस्तै भौतिक बिकासले बिध्योदयलाई सम्ब्रिध्द बनाउदै लगेका होलान भन्ने मेरो कामना छ। यधप्पी त्यो प्रमुख भवन र यसको फुलबारी, पस्चिमतिरको कक्षा कोठा भवन, डिलको लाकुरी र त्यसको छाया, तल्लो गराको कोठे रिङ्ग र अझ तल्लो गराको ठुलो चौरमा खेलिएको चु-उ-उ-उ सम्झनामा फुलिरहनेछन। र यी सबै भबुकताहरुलाई छोडेर; बिधोदय र अरु देसभरिका बिधालयहरुले अर्को अझ महत्वपुर्ण परिवर्तनलाई अङालेका होलान, त्यो हो पढाइने पाठ्यक्रम र पठन-पाठन सैलीको परिवर्तन। म अनुमान लगाउन सक्छु, यी सबै परिवर्तनहरु बीच अहिलेका स्कुले छात्र-छात्राको दैनिकी पनि धेरै परिवर्तन भैसकेको होला; जो मेरो १७ बर्ष अगाडिको दैनिकी सँग एकछेउ पनि नमिल्दो हुन सक्छ। तथापि, यी सबै परिवर्तनहरुबिच पनि, एउटा कुरा भने अपरिवर्तनिय छ; बिधोदय र उस्तै अरु मध्यामिक बिधालयहरुमा हामीले हासिल गर्ने सिक्षाले हाम्रो भविस्यमा पार्ने दुरगामी प्रभाव।
--------------------------
मेरो आफ्नै अनुभवको कुरा गर्छु, अवस्यै पनि अरुको अनुभवबारे त कुरा गर्न पनि त सकिएन। यो अन्तरालमा मेरो ब्यक्तिगत, सैक्षिक र ब्यबसायीक जीवनमा पनि धेरै आरोह-अवरोहहरु, उतार-चडावहरु र मिठा-नमिठा परिवर्तनहरु आए। स्कुल पछिका पहिला ३ बर्ष Overseer पढ्नमा बिते, तेस्पछी १ बर्ष पस्चिम नेपालमा स्वास्थ्य चौकी निर्माण अवलोकनमा बित्यो। अर्को बर्ष पुन: काठमाडौं फर्किए र कम्प्युटर ईन्जिनियर बन्नलाई ४ बर्ष बिताए। तेस्पछी १ बर्ष एउटा क्याम्पस मा पढाए र अर्को बर्ष Master तहको अध्ययन गर्न थाइल्याण्ड पुगे। अनि अर्को ४ बर्ष अमेरिका मा PhD तहको अध्ययन र अनुसन्धान गर्न बिताए। भर्खरै देखि यहिको एउटा बिस्वबिध्यालयमा (Washington State University) प्रोफेसरको रुपमा अध्यापन र अनुसन्धान गरिरहेको छु। र मैले उठाउन खोजेको कुरा चाहि के भने म जहाँ पनि गए र जे पनि गरे, बिध्योदयमा सिकेका बिसयगत ज्ञान, समस्या समाधानको सिप र सहि-गलत छुट्याउन सक्ने दक्षता जस्ता कुराहरुले अधिकतमा सहयोग पुर्याइरहे। केही उदाहरणहरु हेरौ। Overseer पढ्दा र पछि काम गर्दा घरको नक्सा बनाउन र निर्माण सामाग्री अनुमान लगाउन अनी अरु धेरै बिसयहरुमा गणितका सबै अभ्यासहरुले सहयोग गरे। ऐक्षिक गणितमा सिकेको Mean, Median र Frequency मेरो सबै तहका अध्ययन-अध्यापनमा उपयोगी रहे। र अझ धेरै उपयोगी चाँही मैले अहिले गरिरहेका सबै अनुसन्धानहरुमा भैरहेछ। 'उचाइ र दुरी' भन्ने अर्को अभ्यास थियो ऐक्छिक गणितमा, जो म Satellite बाट खिचेको फोटोमा देखिएको बस्तु कति ठुलो छ भनेर निकाल्न प्रयोग गर्छु। बिज्ञानमा सिकेको चालको तिनवटा नियमहरु हर्दम प्रयोगमा आइरहन्छन्। जस्तोकी म नयाँ कार डिजाइन गर्दा कार कति छिटो रोक्न सकिन्छ भनेर हिसाब गर्न F = ma प्रयोग गर्छु। अङ्रेजी र नेपालीमा सिकेका ब्याकरण र साहित्यहरुले सदैब राम्रो लेखेर प्रतियोगिताहरुमा अगाडी पर्न मद्दत गरिरहे। र जिवन पर्यन्त साहित्य र संगितप्रतिको माया र सद्भाव पनि श्रीजना भयो (www.manoj-karkee.blogspot.com)। र अझ महत्वपुर्ण कुरा चाँही के भने स्कुलमा समेटिएका बिषयहरुको राम्रो दक्षताले क्याम्पस र बिस्वबिध्यालयमा पढाइने नयाँ बिसयबस्तु बुझ्न र अरु सहपठीहरुसँग प्रतिस्पर्धी भैरहन सक्षमा बनायो।
-------------------
अर्को एउटा महत्वपुर्ण कुरा के छ भनेकी हामी सरकारी बिधालयमा पढेका विद्यार्थीहरुको आफैलाई क्षमा दिने र भएकैमा चित्त बुझाउने बानी हुन्छ - "म सरकारी स्कुल पढेको मान्छे, मेरो अङ्रेजी राम्रो छैन, तेसैले म उनिहरुसँग प्रतिस्पर्धा गर्न सक्दिन; वा म जे छु त्यो पनि ठुलो कुरा हो।" आदि आदि। मैले देखे बुझेसम्म सरकारी स्कुल पढेका ब्यक्तिहरु विश्वको सबै कुनामा सबै प्रकारका काम गरेर उत्क्रिस्ठ भएका छन्; चाहे त्यो संयुक्त राष्ट्र संघ होस् वा अमेरिका र संसारकै सबैभन्दा राम्रो मध्यको बिस्वबिध्यालय (Harvard University) होस्। त्यसैले सरकारी स्कुलमा पढेको भनेर गर्व गर्दै अलिकति मेहेनत गर्ने हो भने, बिधोदय वा अरु कुनै बिध्यालयले सिकाउने अङ्रेजी संसारभरी जहासुकै पनि प्रतिस्पर्धी बन्न प्रसस्त हुनेछ। र फेरि एक्पटक परिवर्तनकै कुरा गरौ; अर्को एउटा प्रमुख र नमिठो परिवर्तनलाई पनि अत्मसाथ गर्नै पर्यो, त्यो हो चड्दै गयेको बुढौली। मनमा उतिबेलाको जस्तो जोश र तनमा उतिबेलाको जस्तो जांगर त अब रहेन। तर ती जोस र जांगरहरुलाई सकेसम्म सदुपयोग (उपयोग मात्रै पनि हुन सक्छ) गरेर जम्मा गरेको सैक्छिक योग्यता र हासिल गरेको सनोतिनो प्राबिधिक र ब्यबहारिक ज्ञानले भर्थेग गरिरहेका छन् र गरिरहने छन भन्ने लाग्छ। बिध्यालयमा सिकेको र जानेको कुराहरुलेले यो अबस्यम्भावी परिवर्तनलाई सहज बनाउन धेरै सह्योग पुर्याउने रहेछन।
---------------------------------------
छोटकरिमा भन्नुपर्दा माध्यामिक बिधालय भविस्वमा ब्यक्तिगत र ब्यबसायिक तवरले सफल हुन आवस्यक ज्ञान, सिप, अनुसासन, समाजीक र मनविव मुल्य-मन्यताहरु, संस्क्रिती, भाषा र साहित्यको बलियो प्रिस्ठभुमी तयार गर्ने अत्याधिक महत्वपुर्ण ठाउँ हो। सबै विद्यार्थीहरुले यो अवसरको सदुपयोग गर्दै सुनौलो भविस्यको लागि सक्दो मेहेनत गर्नु पर्छ।
------------------------------
पुनस्च: मेरो मनसिकतामा अझै पनि बिध्योदय मा. बी. नै छ र मेरो यो सानो टुक्रा लेखका पाठकहरु पनि उनिहरुनै हुन भन्ने कल्पना गरियको छ। शायद यो सोचाइ 'साउनमा आँखा फुटेको गोरुले सधैं हरियो देख्छ' भने झै भएको होला। परन्तु, मैले मा. बी. बाट उच्च मा. बी. हुनु सुक्खा (हरियो को बिपरितार्थ) हुनु हो भन्ने कदापी ठानेको हैन, बरु अझ धेरै हरियो हुनु हो भन्ने चाँही ठानेको हु।
Monday, November 15, 2010
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment