भोलिपल्ट सखारै PN क्याम्पस तिर लागियो। १०:३० मा पहिलो खेल थियो, ताहाचल क्याम्पस संग। एक्छिन practice गरियो। हामी राम्ररी finguring गर्न पनि नजान्नेहारु राष्ट्रिय स्तरका खेलाडिले भरिएको ससक्त प्रतिद्वन्दी संग पौंठेजोरी खेलिरहेछौं। लाजमर्दो छ हाम्रो स्थिती। तर चित्त बुझाहुने एउटा बाटो छ। वा आँफै संग माफि माग्ने एउटा संकिर्ण सोचाइ छ; हामी इन्जिनियरिंगका विद्यार्थी, पढ्न जान्दछौं, खेल्न जान्दैनौं। उफ्; कसैले तपाईं भनोस नभनोस आँफै मपाइं। कुरै न हो - हामीलाई खेलिरहन फुर्सद हुँदैन। अरुहरुले पनि IOE को भनेपछि शाहनुभुती दिन्छन, सम्मान त कुन्नी के लाई दिने हो र। शायद तेसैले पनि मलाई कुनै फिक्री छैन, हाम्रो प्रस्तुती कस्तो होला भनेर।
हामीहरु सबै underhand भल्थ्यौं। अरु कुनै पनि टोलिमा त्यस्तो खेलाडी देखिन्नथे जो underhand service गरुन्। केटीहरु पनि उफ्री उफ्री overhand rolling service गर्थे। second court बाटै पनि कस्सेर सट हान्ने केटीहरु देख्दा लाग्थ्यो हामी त उनिहरु संग पनि भिड्न सक्दैनौं। पहिलो खेल सुरु भयो। खेलको स्तरको कुनै कुरा गर्नु लज्जास्पद थियो, उनिहरुका धेरै त service पनि उठाउन सकेनौँ हामीले। मैले नै २-४ receive हरु बिगारें। कस्तो नमज्जा लाग्यो। चित्त बुझाउने प्रयास गरें - कहिलेइ practice छैन। फन फनि घुम्दै आउंछ भकुन्डो, कसरी उठोस् ठीक ठाउंमा? राइले पनि कुनै राम्रा प्रहार गर्न सकेन। अरु सबैको पनि ताल उस्तै थियो। दर्पण ले अलिकता इज्जत राख्यो। बस। तथापी TT को जस्तो गणना प्रणालिले सहयोग गर्यो र ११ नम्बर ल्याउन सफल भयौं। जित्ने त कुनै संभावना नै थिएन।
अर्को बिजोग को स्थिती थियो एउटा मात्रै अतिरिक्त खेलाडी र एउटा मात्रै सहयोगी। सम्पूर्ण पर हाम्रा लुगा कुरेर बस्थ्यो र प्रेरित हाम्रो पक्षमा हुटिंग गर्थे, बस। २-४ तस्बिरहरु खिचिए र हाम्रो पोखरा भ्रमणको उदेश्य पुरा हुँदै गयो। पहिलो खेल सकेर महेन्द्र पुल पुगियो। होटेल कैलाशमा २ वटा कोठाहरु निर्धारण गरिए। हिजोको भन्दा राम्रो थियो यो होटल। उसरिनै खाटहरु जोडीए र आ-आफ्ना स्थान रोजिए। भोकले पेलिरहेथ्यो। खाना अधिक मिठो लाग्यो। भोक र भोजन दुबै मिलेपछी यस्तै हुन्छ। युद्ध जित्ने आशा छैन, तै पनि भाग्नु भएन। पुन: रणभुमि फर्कीइयो। २-४ अरु हरुका खेलहरु हेरियो। मन कहिल्यै नभर्ने थिए प्रदर्शनहरु। सबै भन्दा उत्क्रिस्ठ प्रदर्सन एक्जना तराइतिरको खेलाडिको थियो; जर्सी नम्बर ९; रारा क्याम्पस; बिरगन्ज। मैले हेरुन्जेल उस्का कुनै पनि सटहरु खेर गएनन। एउटा देब्रे सट त प्रतिद्वन्दीको छातीमा ढल्नेगरी लागेथ्यो। यती चुस्त, तेज र स्पस्ठ प्रहार गर्त्यो उ कि हेर्दा हेर्दै सबै भिड उस्को फ्यान बन्यो। र पोखराको यो खेलकुद महोत्सब यसर्थ पनि महत्वपूर्ण लाग्यो कि सबै कोर्टहरुमा दर्सकहरु खचाखच थिए। यसरी हाजारौं दर्सक हरुले भलिबल हेरेको मैले कहिल्यै देखेको थिन।
३ बजेतिर हाम्रो अर्को खेल सुरु भयो। प्रतिद्वन्दी इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस। आफ्नै भाई कलेज जस्तो; आफ्नै मान्छेहरु संग खेलिरहेझैं। अफसोस, खेलको स्थिति हामीले सोचे भन्दा बिल्कुल भिन्न रह्यो। उनिहरु त ताहाचल क्याम्पसका भन्दा कडा निस्किए। खचाखच भरिएका भाई बहिनिहरुले हामीलाई जिस्क्याइ रहे। संगै सहानुभुती पनि पस्किरहे। हामीले हाम्रा जर्सीहरुमा नाम पनि लेखेका थियौं। उनिहरुलाई सजिलो भएछ जिस्क्याउन। "'सुर न ताल' दाई पछाडि फर्केर सर्भिस गर्नुस्न", झटारो हान्दै थिन एउटी नारी स्वर। धेरै तेस्ता नारी स्वरहरुले हाम्रो समर्थन पनि गरिरहे - खेलभरी; शायद सहानुभुतीको समर्थन। र अर्को कुरा के पनि अनुभभ भयो कि उनिहरु हाम्लाई आदर-सत्कार गर्छन्, उनिहरुका दाइहरु जस्तै। इन्जिनियरिङ्ग पढ्दाको यो दाजु भाईको साईनो र संगै आउने आत्मियता साच्चै अतुलनिय थियो, जीवनभर। म भन्दा अगाडिकाहरुलाई म जहिले पनि दाई वा दिदीको रुपमा सम्मान गरिरहन्छु, र म पछीकाहरुले तेही सत्कार दिइरहेको पांउछु, सदैब। PN क्याम्पस बाट बहिर गेटमा आइपुग्दा धेरै उनै भाई बहिनीहरु हामी संगै थिए। मेरो ब्यक्तिगत चिनजानको कोही थिएन त्यो क्याम्पसमा। उसै २-४ सामान्य चिनजानहरु भए। उनिहरुको बस न-आउन्जेल हामी पनि तेहीं भुलिरह्यौं। रमाइला कुराकानी संगै।
र यो दिनभरको PN क्याम्पस प्रांगणले एउटा पातलो आकृतिलाई नजिक्याइरह्यो। मनभरि। सबै रंगिचंगी पहिरनहरुको बिचमा यता उता गरिरहेको त्यो सेफद कुर्ता सलवार र गोरो गोलो अनुहारले दिनभर नै मेरा अंखा तानिरह्यो। म उन्कै पछि पछि त लागिन, तर जब जब उनी मेरो नजरको पारीधी भित्र हुन्थिन, अंखाहरु उन्को चेहरामा डुबुल्कि मारिरहन्थे। उनी भिन्न थिइन, पहिरनमा र नै मेरा नजरहरु अड्किएका हुनुपर्छ, उनिमा। तर जब नजर अड्किदै जान थाल्यो - तब त्यो साधा सेतो कुर्ता सलवारमा उनी खुलिरहेकी चन्द्रमा जस्तै उज्जेल्लिदै गइन। उनी तिनै भाई बहिनिहरुको भिड्मै थिइन। तर अरु धेरै जस्तो uniform मा थिए। उनी भिन्न। उनिहरु बस कुरिरहे। म नजर घुमाइरहें, उनी र उन्को ४ जनाको समुहतर्फ। हामी पनि उनिहरुको क्याम्पस घुम्न जान हिंडेका थियौं। उनी संग परिचय को कुनै मौका पर्ला कि भन्ने अर्को सुन्दर सपना पनि बुनिदै थियो। बिचैमा नाइकेहरुले भोलिमात्रै भाईबहिनीहरुको क्याम्पस जाने भनेर ट्याक्सी पक्डिए। सपना बुनिदा बुनिदै टुट्यो। उन्को हसिलो मुहार र त्यो सेफद कुर्ता सलवरको आकृतिलाई तेही छाडेर आफ्नो बाटो समाउन बिबस भए। ट्याक्सी हिड्दा धेरै केटा केटीहरुले हात हल्लाएर हामीलाई बिदा गरे। तर उन्का हातहरु उसै झुन्डिरहे। हाम्रो ट्याक्सी घुमेर उनीहरु छेउ हुँदै हुइकियो, उनी आफ्नै धुनमा लिन थिएन, हाम्रो प्रस्थानले उनमा कुनै अनुभुती छाडेन। म के नै गर्न सक्थेंर, सम्झनाको सानो फिलिङो ईतिहासतर्फ धकेल्न बाहेक। जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी।
Friday, February 8, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment