सपनाको संसार
--------------
कल्कल नागबेली खोला,
तिर्खा मेट्छ
कि छेक्छ बाटो प्रेयशीको
सिन्चिन्छ गैरी खेत
लहलह झुलाउन
कि गर्जिन्छ भेल प्रत्यक बर्ष
लग्लाझै गर्हाहरु आँफैसँग अङालेर
त्यो ठुलो रुख,
सितल छायां दिन्छ
कि न्यानो घाम छेक्छ
दिन्छ सुन्दर चराहरुलाई सानो घर
कि दिन्छ मेरै घरको छानो छेडिने डर
त्यो निर्भिक पहाड,
भरोषा दिन्छ
मेरो करेसा बारीलाई
कि ओसिलो सेप
बादल छुन उचाइ दिन्छ
मेरो जीवनलाई
कि दिन्छ त्रास प्रत्यक रात
चिप्लिने
र धर्ती सगै मिसाउने मेरो श्रिस्-ठीलाई
प्रत्यक बिहानी टुलुटुलु हेरी रहन्छ
पारीको केन्डी हिमाल
हेरी रहन्छ मेरो आंगन
म सिधै अधेरो गराज बाट बिलाउछु
आंगन नटेकी
भन्छ कहिले ताप्छस तं एक मुठ्ठी घाम!
प्रत्यक साझ कुरी रहन्छ
याकिमा किनारको लहरे पिपल
परै घुम्ती बाटै नियाल्छ मेरो हतार
म पुलुक्क नगरि हुइकिन्छु अर्को कुइनेटो तिर
भन्छ कहिले कही नपुग्ने के को हतार छ तलाई?
सिरुमा टलपल टलपल
सुनौलो सितको थोपा सँगै
सरदले झुलेको मेरो देशभरि
उमङ भरिएर आयो होला दशै
म अस्ठमी भरी प्रतिबेदनको लढारो बुनिरहे
नवमी भरी तालिमको चचहुइ मच्चिरहे
खै के ले रोकिएर, खै के मा अड्किएर
आमाको टिका जमरा छाडेर
यो सपनाको संसारमा खै कसरी अल्मल्लिरहे
यो सपनाको संसार,
आकार दिन्छ सपनालाई
कि उडालेर लैजान्छ
मेरा बिपनाहरु; अपनत्वहरु
कि चुडालेर लैजान्छ
चङ्गा सरी
म लम्की रहेछु सम्ब्रिद्धी तिर
खुशी - सान्ती तिर, तृप्ति तिर
कि दौडिरहेछु आकाश फर्केर
छिनेको चङ्गा समाउने अभिलाषामा
कि म बिर्सी रहेछु
धर्ती सधैं समथर हुँदैन....
-------
सेप - ठुलो रुख वा डाडाको छायाले छेकेर बालिनालिले चाहिने जती प्रकाश नपाउने अवस्था
गराज - Garage
याकिमा - वाशिङ्टन राज्यको मध्य भाग भएर बग्ने एउटा नदी
केन्डी - दक्षिण पुर्बी वाशिङ्टन मा अवस्थित सानो पहाड
--------------
कल्कल नागबेली खोला,
तिर्खा मेट्छ
कि छेक्छ बाटो प्रेयशीको
सिन्चिन्छ गैरी खेत
लहलह झुलाउन
कि गर्जिन्छ भेल प्रत्यक बर्ष
लग्लाझै गर्हाहरु आँफैसँग अङालेर
त्यो ठुलो रुख,
सितल छायां दिन्छ
कि न्यानो घाम छेक्छ
दिन्छ सुन्दर चराहरुलाई सानो घर
कि दिन्छ मेरै घरको छानो छेडिने डर
त्यो निर्भिक पहाड,
भरोषा दिन्छ
मेरो करेसा बारीलाई
कि ओसिलो सेप
बादल छुन उचाइ दिन्छ
मेरो जीवनलाई
कि दिन्छ त्रास प्रत्यक रात
चिप्लिने
र धर्ती सगै मिसाउने मेरो श्रिस्-ठीलाई
प्रत्यक बिहानी टुलुटुलु हेरी रहन्छ
पारीको केन्डी हिमाल
हेरी रहन्छ मेरो आंगन
म सिधै अधेरो गराज बाट बिलाउछु
आंगन नटेकी
भन्छ कहिले ताप्छस तं एक मुठ्ठी घाम!
प्रत्यक साझ कुरी रहन्छ
याकिमा किनारको लहरे पिपल
परै घुम्ती बाटै नियाल्छ मेरो हतार
म पुलुक्क नगरि हुइकिन्छु अर्को कुइनेटो तिर
भन्छ कहिले कही नपुग्ने के को हतार छ तलाई?
सिरुमा टलपल टलपल
सुनौलो सितको थोपा सँगै
सरदले झुलेको मेरो देशभरि
उमङ भरिएर आयो होला दशै
म अस्ठमी भरी प्रतिबेदनको लढारो बुनिरहे
नवमी भरी तालिमको चचहुइ मच्चिरहे
खै के ले रोकिएर, खै के मा अड्किएर
आमाको टिका जमरा छाडेर
यो सपनाको संसारमा खै कसरी अल्मल्लिरहे
यो सपनाको संसार,
आकार दिन्छ सपनालाई
कि उडालेर लैजान्छ
मेरा बिपनाहरु; अपनत्वहरु
कि चुडालेर लैजान्छ
चङ्गा सरी
म लम्की रहेछु सम्ब्रिद्धी तिर
खुशी - सान्ती तिर, तृप्ति तिर
कि दौडिरहेछु आकाश फर्केर
छिनेको चङ्गा समाउने अभिलाषामा
कि म बिर्सी रहेछु
धर्ती सधैं समथर हुँदैन....
-------
सेप - ठुलो रुख वा डाडाको छायाले छेकेर बालिनालिले चाहिने जती प्रकाश नपाउने अवस्था
गराज - Garage
याकिमा - वाशिङ्टन राज्यको मध्य भाग भएर बग्ने एउटा नदी
केन्डी - दक्षिण पुर्बी वाशिङ्टन मा अवस्थित सानो पहाड
No comments:
Post a Comment