Tuesday, December 27, 2016

गीत


गीत


बच्पना नै त रहेछ साथी रमाइलो जीवन 
 होला कि हैन स्कुले साथी पुनर मिलन 

 बलेसी छेकी कागजको डुङा उन्मक्त सांझमा 
 साथिको नाम जोडेर कोहि खोपेको बांसमा 

 रिङ र आसपास टिफिनमा हाम्रो लाकुरी छायांमा 
चन्चल मन चन्चल तन सुसुप्त मायांमा 

 गोरेटो सानो छातीमा किताब च्यापेर झरिमा 
अघि वा पछि मनको धनी चिप्लेको हिलोमा 

 सम्झना ताजा पछाडिबाट रकेटले हानेको 
शिक्षकको आँखा छलेर उनको नजर तानेको 

 जिवनले धेरै काटेछ बाटो अन्दाजै भएन 
अनुहारका रेखा ऐनाले खोल्दा बिस्वासै भएन 

 बच्पना नै त रहेछ साथी रमाइलो जीवन 
 होला कि हैन स्कुले साथी पुनर मिलन

Pic From: http://stmarksosa.org.au/wp-content/uploads/2015/07/nostalgia.jpg



No comments: