Monday, December 15, 2008

घोकाइ २: म पेन्डुलम मन पराउँछु।

अनायास आज मेरा बिगत देखि वर्तमान सम्मका घोकाइहरु याद आइरहेछन। कुनै बेला थियो; च्याख्ला कसरी पकाउने भनेर निम्न माद्यामिकका पाठ्यपुस्तकहरु घोकिरहेथें - पाक शिक्षा। अलि पछि माद्यामिकमा आएर धनुस्टन्कारका लक्षणहरु र मस्तिस्कज्वोरोका कारणहरु घोकियो। संगसंगै आलुमा लाग्ने रातो कमिलो र गाइ-भैंसीमा लाग्ने खोरेतका उपचार पद्धतिहरु घोकियो। चन्द्र ग्रहण र प्रकाश वर्षका पारिभाषाहरु पनि बुनिए, ति कलिला मानषपटलहरुमा। उ बेला दिमाग पनि अलि धारिलो नै थियो क्यारे, सयौँ रोगहरुका २०औँ लक्षण र उपचारका क्रमांकहरु कण्ठस्थ हुन्थे।

अलि पछी महाबिद्यालयका पहिला-पहिला दिनहरुमा प्रिज्म र कोनका पारीधीहरु घोकियो - मेन्सुरेसनमा। अझ पछी घर, सडक र पुल-पुलेसाका नाप-जोखहरु घोकियो; पैसा र पदार्थका परिमाणहरु, थिओडोलाइटको बबल, र २ नम्बर चाल्नोका छिद्रहरु नियालेर धेरै बर्षहरु बिते। विश्वबिद्यालयमा घोक्ने बिषयवस्तुहरु अझ फरक पर्दै गए। ठुला ठुला घर र पुलहरुबाट म अब सानो भाडोमा सिमित भए: १४" को CRT र १४४ बर्ग इन्च को प्रसोधक यन्त्र यानि CPU; सयौं algorithma हरु र तिन्लाई कार्वान्वन गर्ने सफल-असफल प्रयासहरु संगै उमेरका धर्साहरु कोरिदै गएथे र पावर चस्माले अब तं उही बिद्यालयमा पिप्सा चपाउदै कोठे रिंगमा सुन्तलीलाई छेकिरहेको किसोर रहिनस भनिरहेथे।

विश्वबिद्यालयका माथिल्ला तहहरुमा घोक्ने पाठ्यक्रम अरु परिवर्तन भए। भु-उपग्रह प्रक्ष्यपणका तरिकाहरु; तिनले पछ्याउने बाटोहरु; तिनिहरुमा जडिएका यन्त्रहरु; तिन्ले पढाएका तस्बिरका बिस्लेषणहरु र अनी कसरी म कृष्णभिरको पहिरो (शायद अहिले त्यो असान्धर्विक भईसक्यो कि; भन्छन नि साउनमा आँखा फुटेको गोरु सधैं हरियो देख्छ) लाई यि उपग्रहहरु प्रयोग गरेर अवलोकन गरुंला भन्ने तौर-तरिकाहरु। जीवन तेत्ती घोकाइहरुमा खुशी रहेन; घोक्ने भोक अब अर्को दिसा तिर लम्कियो; गोलार्धको अर्को पाटोमा। आजकल म बडेमानको एउटा ट्र्याकटर घोक्छु; घोकाइमा तुक धेरै नहोला; तर एउटा नितान्त नौलो घोकाइ। भु-उपग्रहका ठुला ठुला कुरा बाट पुन: म धर्तिको स-सानो कुरामा ओर्लिएको छु। हुनत: यो डियर भन्नेको ट्र्याकटर पनि सानो छैन; मेरो गाउँको २ तले घर जत्रै होला; एसो बिचरा गर्दा।

र २७ बर्ष भरिको अबिरल घोकाइपछी म एउटा ट्र्याकटर ड्राइभर भएको छु। प्रत्यक चिसा बिहानिहरुमा म मतान बाट तेस्लाई निकाल्छु; ठुलो फांटमा पुर्याउछु; कहिले आँफै steering घुमाउछु; कहिले मेरो सानो कम्प्युटर प्रोग्रामलाइ अह्राउछु; यता लैजा र उता लैजा भनेर अनी कता गईरहेछ भनेर अबलोकन गर्छु। सुर्यको प्रकाश धमिलिदै गएपछी पुन: म कम्पुटरबाट ट्र्याकटरको कब्जा आफ्नो हातमा लिन्छु र मतानमा फर्काउछु; सुस्तरी; पछाडितर्फबाट। मानौं उसरिनै; जसरी म 'तारे' र 'माले' गोरुलाई बिहानै फुकाउथें; हलो काधमा राखेर टाहारबारी तर्फ धपाउथें; दिनभर ह-ह-तारे-ह-ह-होर्रा गर्दै बाझो फुटाउथें र सांझ पर्न लाग्द फुकाएर गोठमा फर्काउथें अनी चु-चु-चु-चु गर्दै बानेर २ मुठा पराल हालिदिन्थें। मेरो बाबा मेरो यो सब परिवर्तन माथि अनन्तबाट नियालिरहनु भएको होला र भन्नु हुदो हो- "तं यो पुरा आधा जीवन खर्चेर के बनिस कान्छा? तेही ट्र्याकटर चलाऊने नै रहर थियो त म त्यो काला-बन्जराको फाटमा १० कठ्ठा किनेर टाटा को ३ पांग्रे उहिले किन्देको हुंदो हुं।" बाबा मलाई माफ गरिदिनुस्; म तपाईंको लायक बन्न सकिन; शायद।

यसरी अबिरल परिवर्तनहरुबाट गुज्रिए मेरा घोकाइहरु। शायद अरुको पनि यस्तै हुदो हो; तेत्ति हो -मलाई आफ्नो प्यारो लाग्छ; अरुलाई उनर्कै। शायद म नै उस्तो; कहिल्यै पनि जे घोकिरहेछु तेस्मा रमाउन सकिन हुँला; कम्तिमा तेती रमाइन जतीकी तेसैमा अबिछिन्न भुलिरहन सामर्थ्य रहोस्। शायद अध्ययन (यानी मैले भनिरहेको घोकाइ; म जहिले पनि तेसै भन्छु किनकी जे कुरा बुझेको छैन त्यो पढ्नु भनेको घोक्नु हो; बिस्तारै लत लागे पछी त्यो बुझेको जस्तो हुन्छ; जस्तैकी २+२=४ भनेर २ कक्ष्यामा म घोक्थें; अहिले बुझे झैं लाग्छ) मेरो मिल्दो कुरा हैन। तैपनी; चाहेर हो कि नचाहेर; स्वदेश्-बिदेश सबै चाहरियो- अध्ययनार्थ; यानी घोक्नका खातिर। अफसोस; अनतत: म त्यो भए "भिरको चिन्डो उधो न उभो"। तर म यो मन पराउछु। म पेन्डुलम मनपराउछ; त्यो सधैं चलिरहन्छ वा हिडिरहन्छ; तर कहिल्यै कही पुग्दैन। को नै कहाँ पुगेको छ र। जस्ले जे भनोस; जहाँ पुगे भनेर स्वोघोषणा गाह्रोस; आखिर प्रिथ्भी गोलो छ; कही पुगे भन्नु तेस्को खिलाफ हुनेछ। कही पुगे भनेर अली अझै हिंड्नुस् फेरी पुरानै ठाउँमा। अनी के फरक भयो र पेन्डुलम र त्यो कोही जो आफुलाई चलायमान सम्झन्छ। तेसैले म पेन्डुलमा मन पराउछु। यदी म मन पराउछु भने कस्को के लाग्छ। आखिर जीवन मेरो हो।


source: http://www.pendulumhealing.com/images/pendulum_sketch.gif

साच्ची! अव त अलिकती जीवन उन्को पनि हो र अर्को टुक्रा त्यो फुलको पनि हो; जो कहीं अन्कुराउनेछ। म अलिकती पेन्डुलम निकालेर अरु केही बन्न खोजिरहेछु!

Thursday, October 16, 2008

म ब्याजको अन्तहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु।

म ब्याजको अन्तहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु।
Oct,9,2003
-------------------------------

सानै देखि प्राथमिक स्कुलमा घोक्न थालियो, 'दुई-दुना-चार' देखी 'सत्र-दुना-चौतिस' सम्म। राम्रा अंकहरु आए। माद्यामिक बिद्यालयमा अरु धेरै घोकियो, 'अर्घाखाँची-सन्धिखर्क' देखी 'जिम्बाब्बे-हरारे' सम्म। राम्रा स्रेणीहरु मिले। तथाकथित सफलताहरु। क्याम्पस गएं, घोकें। संगै बसेर घोक्ने दौतरिहरु भिन्न थिए। ठाउँ भिन्न थियो। पहिले सानो कोठा, गाउंको, टुकिको उज्यालो, कहिलेकाही दाई नहुँदा लाल्टिन। अहिले ठुलो कोठा, शहरको, बिजुली बत्त्तीको उज्यालो। घोकाइ आझै ससक्त बन्यो, राम्रा भनिएका अंक तालिकाहरु थपिए। धेरै प्रबेस पारीक्ष्याहरुमा घोकें, पाटन क्याम्पस देखी पुल्चोक हुँदै पिपल्स सम्म। छनौट तालिकामा अग्र पंतिमा नाम्हरु देखिए। विश्वाबिद्यालयमा पुन: घोकें। घोक्ने तरिका फरक भयो होला। प्रक्रिती फरक भयो होला। बिषयबस्तु फरक भए होलान। तर काम उही थियो। घोक्नु।

यी प्रत्यक घोकाइहरुमा मैले मेरा बर्सौं सम्मका अमुल्य समयहरु खर्च गरें, मेरो बाबाका बर्शौं सम्मका पसिनाहरु पनि। आखिर के पाएं? म जहाँ छु - के मैले मेरो बाबाको दैनिकिमा अलिकता पनि परिवर्तन दिलाउन सकें? यि मेरा भनिएका सफलताहरुले के अलिकती पनि मेरो गाउँ र मेरो घरको जीवनचर्यामा परिवर्तन धकेल्न सके? आखिर यि घोक्नुहरुका उपलब्धिहरु के? के म नघोक्नेहरु भन्दा एक औंश पनि बुध्धिमान भएं?

अबत अझ बढेमानको घोकाइ सुरु गरेको छु। बिदेशमा। के यो बिदेशी घोकाइले कुनै जादु गरिदेला? के आफ्ना सम्पूर्ण जवानीहरु खर्चेर स्वदेशमा घोक्दा नमिलेको कुनै अद्भुउत सफलता यो अंग्रेजी मिसिएको घोकाइले बोलाइदेला? के मेरा घोक्नु प्रतिका लगानिहरुको प्रतिफल नजिकिदैछ? मलाई विश्वाश छैन। यि म जे गरिरहेछु, जसरी घोक्नुमा लगानी गरिरहेछु, मेरो अ-मुल्य जीवनका अतुलनिय टुक्राहरु खर्च मात्रा गरिरहेछु, फेरी कहिल्यै उकास्न नसक्ने गरी। मलाई विश्वाश छैन, कुनै पनि हालतमा म मेरा अ-मुल्य लगानिहरुका ब्याज मात्रै पनि फर्काउन सक्ने छु।

अर्थशास्त्र भए 'sensitivity analysis' गर्थें होला, 'break-even' गर्थें होला, सावाँहरु, ब्याजहरु र नाफा-घाटाहरुमा घोत्लेर मात्रै निर्णय गर्थें होला, लगानिको। तर यो जीवन हो। काठमान्डौ हेटौंडा सुरुंगमार्ग हैन। त्यसैले म ब्याजको अन्त्यहिन पर्खाइमा सावाँहरु खर्चिरहेछु, निरन्तर- निरन्तर।

Wednesday, July 9, 2008

भर्चुवल संसार

१८ नोबेम्बर, २००४।


म कहिल्यै पनि लेखक हैन। तर आजकाल झनै बढी अलेखक बनिरहेछु। म कहिल्यै पनि जेहेन्दार विद्यार्थी बन्न सकिन। थिइन। तर अचेल झनै अजेहेन्दार बनिरहेछु। म संग मेरो संसार छैन। जो संग/जहाँ तिता-मिठा दु:ख-सुखका भलाकुसरिहरु हुन सकोस। मसंग मेरो संसार छैन। जहाँ यताउता बिचरण गरेर मनमोहकता बटुल्न सकियोस। र आखिर केही नभएरै पनि; तन सुन्य, मन सुन्य, संसार सुन्य, काम काज सुन्य, राम रमाइलो सुन्य भएरै पनि दिन बितिरहने रहेछ। मलाई एउटा अनुसन्धान गर्न मन लागिरहेछ - आखिर दिनमा २४ घण्टा नै किन हुन्छ; वा के साच्चिकै प्रत्यक दिन २४ घण्टा कै हारा हारिमा हुन्छन? वा समय के हो, घण्टा भनेको कती हो, मिनेट र सेकेन्ड भनेको कती? के समय प्रिथ्भी को रफ्तार संग टासिएको छ कि मनको रफ्तारसंग गासिएको? सबै दिनहरु उत्तिकै लामा हुन्छन भने किन मलाई लागिरहन्छ कुनै दिनहरु बिकराल तन्किएका त कोही सुलुत्त चिप्लिएका? मलाई लेखा जोखा गर्न इच्छा छ कि आखिर के गरेर म मेरा अमुल्य टुक्राहरु चोइट्याइरहेछु, जीवनयात्राका, आजीवन। के यो निर्जिव मेसिनको १७ इन्च लामो पर्दा नै सम्पूर्ण जीवन हो? के गूगल, याहु, र नेपाल न्युज नै सम्पूर्ण संसार हुन? धन्य ब्याडमिन्टन प्रतिको मेरो मोहलाई - जस्ले म जिवितै छु र भौतिक संसारमा - कम्प्युटर नभएको सांच्चिको संसारमा पनि मेरो अस्थित्व छ भन्ने दर्साइदिन्छ। प्रत्यक सांझ। कंक्रिटका कोर्टहरुमा। नत्र त मेरो अस्थित्व केवल भर्चुवल मात्रै न हो। उठ्यो स्विच थिच्यो। दिनभर उही १७ इन्च भित्रका रंगी बेरंगी द्रिस्यहरु मा अल्मल्लियो। राती आँखा लोलाउन थालेपछी स्विच थिच्यो। पल्टियो। बस।

Monday, June 16, 2008

आज र भोली

सुर न तालको डाएरी
२-१-२००४
...............

अर्को एउटा महिना सुरु भयो - मेरा बिरानीहरुलाई एक महिना कम गरेर; मेरा लागि छुट्याआइएका दिनहरुलाई एक महिना कम गरेर।

किन जहिले पानी हतार - यो छिट्टो होस्; त्यो चिट्टो होस्। यो दिन आओस त्यो दिन आओस! आखिर जे सुकै दिन आओस जीवन त निख्रिदै नै जाने न हो। किन मान्छे बर्तमानमा जीवन मन पराउदैन? कि भुत प्यारो, कि भबिस्याको पर्खाइ! किन म आज संग रमाउदिन? किन अनबरत भोलिको पर्खाइ? के जीवन भोलिहरु पल्टाउदै जादा फेरी आज फेला पार्न सक्छ? के जीवन भबिस्यहरु छिचोल्दै जादा बर्तमान भेट्टाउन सक्छ? असम्भव!

तै पानी किन म आजहरुलाई छिट्टो छिट्टो लखेट्न चाहन्छु? यो राम्रो लक्षण हैन - कि प्रत्यक आजहरु नरमाइला लागुन। र त्यसमा तिमी छौ - जो मलाई जहिले पनि भोलिको प्रतिक्षा गर्न उत्प्रेरित गर्छौ। तिमी को हौ कि प्रत्यक पल म तिम्रा आशाहरुमा बिताइदिउं? म प्रत्यक पल तिमी सम्मुख हुने भोलिका आशाहरुमा बिताइदिउं? मेरो रोश छ तिमीसंग/ आँफैसंग कि किन वर्तमानलाई निन्याउरो पाउँछु - सदैव।

हो यिनै निन्याउरापनहरुमा एउटा महिना बित्यो र तिमी मेरो अलिकता नगिच बनिदिएउ। पक्कै पनि अरु महिनाहरु बित्लान, बर्षहरु बित्लान र दुरिहरु समाप्त होलान। कदाचित यस्तो नहोस् - त्यो पल पनि म भोलिका पिडाहरुमा असमन्जस बिताइदिउँ।

........

Tuesday, May 27, 2008

यात्रामा तिमी- अन्तिम भाग।

यात्रामा तिमी- अन्तिम भाग।

ताजमहल अगाडि उभिएर तिमी अचम्म मानिरहेथ्यौ - "कस्तो बादशाह थियो होला त्यो जस्ले यती बिशाल दरवार बनायो - आफ्नी रानी को सम्झनामा।" हामी हराइ रह्यौं, धेरैबेर, ति शाह जहान र मुम्ताज का काहानी अनी यो महलका अतुलनिय सुन्दरताहरु संग। आजै दिल्ली फर्कनु छ - दिदी भिनाजु नत्र रिसाउनु हुन्छ। भोली बिहानै त रेल समातेर निस्कनु छ। फेरी ड्राइभर पनि त कुरिरहेको छ। ४ घण्टा जतिमा उस्ले दिल्लिको तो बहिरी भागमा पुर्यायो जाहाँ मेरी दिदी बेचैनिका साथ हाम्रो प्रतिक्षा गरिरहनु भएको थियो। उहाँ यती खुशी हुनुहुन्थ्यो हामीलाई देखेर कि मानौँ यो नै उहाँको सबैभन्दा खुशीको पल हो।

छुकछुक छुकछुक रेल बिहानै दक्षिण तिर हुइकियो। गोआ - समुद्र किनारहरुले धनी गन्तब्य। पालोलेम बिचको बालुवामा घोप्टिएर मतिर टाउको फर्काउदै तिमी फुकेट र गोआका बिचहरुको तुलना गरिरहेछौ।

"यो भन्दा त मलाई प्याटोङ बिच नै राम्रो लागेको थियो।" तिमीलाई बिगत बर्तमान भन्दा रमाइलो लाग्छ। शायद मलाई पनि। र यो पनि तिमीले बुझेकी छौ - बिगत बन्नलाई बर्तमानमा घटनाहरु बुन्नु आवश्यक छ। अनी यात्रा जस्तो उत्क्रिस्ठ तान केही हुँदैन जस्ले भबिस्यको लागि एउटा सुन्दर ईतिहास बुनिदेओस। तेसैले हामी यात्रामा निस्कन्छौं, नयाँ अध्याय लेख्न, भबिस्याको ईतिहासको। तर मलाई बर्तमान प्रती अन्याय गर्न मन छैन। किनकी मैले बुझेको छु यो पल आज जती रमाइलो छ, भोली फर्किएर हेर्दा अरु सैयौ गुना रमाइलो बन्ने छ।

"खै मलाई त यही राम्रो लाग्यो। फेरी तिमी रिसाएकी थियौ फुकेटमा।"
"म रिसाएको कि हजुर?"
"तिमिनै त हो स्विमिङ नगएकी।"
"हजुर नै त हो पहिले फोटो खिन नमानेको।"
"ल ल छाड। फेरी यहाँ पनि उस्तै होला।"
"कस्ले पक्डिएको छ र?"

अनी हामी त्यो अरबिक सुमुद्र किनाराको बालुवा र पानीमा खेलेर औधी रमाएथ्यौं। सम्पूर्ण तनाबहरुलाई भुलेर, थकानहरुलाई बिर्सिएर। हजारौँ भारतीए, काला र गोरा हरुको बिचमा पनि आफु एक्लै जस्तो। कसैको पर्बाह बिना। मस्त। उन्मक्त। स्फुर्त।

र हाम्रो सिद्धान्त अनुरुप हामी उडिरह्यौं अनी गुडिरह्यौं ; एसिय, युरोप र अमेरिकाका आकाश र सडकहरुमा।

बेङ्लोरबाट भारतीय बिमान सेवाले बेइजिङ पुर्याएथ्यो। हामी हाम्रै धर्ती माथि उडीरहेथ्यौं होला, शायद। बेइजिङ रमाइलो थियो rectangle हरुमा बाडिएको शहर। अझै अबिस्मरानीय थियो १ घण्टा जतीको सडक यात्रा पछी पुगिएको आस्चर्य चकित पारीरहने बिशाल आस्चर्य - the Great Wall. चिनिया सम्राज्यको उत्तरी सिमाना जोगाउन भनेर सासकहरुले १ दसक लगाएर बनाएको त्यो बिशाल पर्खालहरुको स्रिंखला अबर्नानीय थियो। ६००० KM लामो त्यो पर्खाल ठड्याउने क्रममा लाखौं मान्छे मरेका थिए रे। ठाउँ ठाउँमा किल्लाहरु पनि थिए, सैनिकहरु पहरेदारी गर्न बस्ने किल्लाहरु। पहाडै पहाडबाट उठाइएको पर्खालमाथि सिडिहरु थिए। हामी ति सिडिहरुमा उक्लैदै सोच्दै थियौं कती दिन लाग्दो हो यो पर्खाल वारपार हिंड्न! मेरो बाबा २००१ साला तिर सैनीक हुनुहुन्थ्यो। उहाँले भन्नु भएको सम्झन्छु, पूर्व ४ नम्बर बाट नेपाल सम्म राणाहरुलाई राजास्वको सिक्कहरु पुर्याउन जांदा २२ दिन लाग्थ्यो रे। तेस हिसाबले यो पर्खालको पल्लो छेउ पुग्न २ बर्ष २ महिना लाग्ने रहेछ। २ घण्टामा तल नपुगे त्यो चिनिया भोटेले हामीलाई छाडेर जानेछ। तेसैले शायद जुनिभरको लागि हाम्रो ग्रेट वाल संगको भेटलाई बिसर्जन गर्दै ओरालो झरेथ्यौं , मनभरी अतुलनिय स्‍मृतिहरु संगालेर।

Buckingham र अरु दरवारहरु अनी Art Museum हरु घुमिरहंदा तिमी मेरो कांधलाई आफ्नो अढेस बनाइ रहेथ्यौ। हामी London र पश्चिमी संसकृतिमा घोलिएको छाडापनले अचम्मित भएथ्यौं। फोटो खिच्न पनि संकोच लाग्ने मुर्तिहरु। आइफल धरहराको तल बसेर माथि टुप्पो तिर नियाल्दा त्यो कहाँ हो कहाँ बिलाएको थियो। स्कुलमा पढेको "पेरिस मुस्काउँछ रंगै रंगमा" को बयानसंग हामी त्यो धरहरालाई दाँजी रहेथ्यौँ। माथि चड्ने शाहस गरिनौ तिमीले र हामी बाटो लागेथ्यौं। हाम्रो रहरमा परेका हिट्लरले एहुदीहरुको बिनास गर्न भनाएको भट्टी र इजिप्टको बिशाल पिरामिड लाई थाती राख्दै पानी जहाजको तालिका भेट्न हामी पोर्चुगल को लिस्बोआ पुगेथ्यौं। जहाज भोलिपल्ट छुट्ने थियो। ५० युरोमा त्यो अन्तिम रात बितेथ्यो युरोपको - एउटा मध्यम स्तरको होटल।

र अन्तत त्यो दिन पनि आयो, हाम्रो बर्शौं देखिको सपना। पानी जहाजमा Atlantic पार गर्ने। लिस्बोआ देखी न्यु योर्क सम्म ४ दिन हामीले जामिन संगको संबन्धलाई बिच्छेद गर्यौं। बिशाल पानी जहाजले लिस्बोआ को जमिन-पानी किनारा छाड्दा १ बजेको थियो। जमिन माथिको भर छुट्दा संगै कता कता नजानिदो त्रास पनि अल्झिदो रहेछ। पानी मेरो तौल थाम्न सक्दैन र तिम्रो पनि। तर पनि उमंगको बाढि यती ब्रिहत थियो कि त्रासले कुनै असर देखाउन पाएन। आन्ध्र महासागरको अथाह जलरासीलाई चिर्दै चिर्दै जहाज पश्चिम तर्फ पौडिरह्यो, ११ सय मानिषहरु बोकेर। पचासौं गोराहरु, कालाहरु, मंगोलियनहरु र भारतीयहरु संग घुलमिल हुँदै हामी यात्रारत रह्यौं।

तेस्रो दिन थियो। हामी लन्चमा थियौं। हाम्रो टेबलमा आज कोही उदाएको छैन। एक्लै छौं। त्यो धेरै जसो हामीसंगै खाने फिलिपिनो जोडी पनि आज देख्दिन। हाम्रो छिमेकी रसियन केटिहरुपनि आज हराएका छन। यता उता आँखा घुमाएको; एउटा हप्सी देखियो - तिमीलाई नियालिरहेको, मेरो आंखा छल्न खोजेर। ऊ तिर संकेत गर्दै मैले भनेथें-

"उ त्यो काले अघी देखी तिमीलाई हेरिरहेछ, खुब मन पर्‍यो क्यारे।"
"छी कस्तो काले!"
"के भो त, दिल वाले जस्तो छ! बिहे गर्छौ?"
"कोही नपाएर तेही काले संग? फेरी हजुर पनि कस्तो आफ्नी बुढीलाई अरुले हेर्दा बिहे गरेर जाउ भन्ने। अरुका बुढा भए ..."
"अरुका बुढा भए के?" मैले बिचैमा रोकेथें।
"गएर पिटिदिन्थे नि, अरु के।"
"काटमारको कुरा चाँही नगरुम साथी। फेरी यो पानी जहाजमा भाग्ने ठाउँ पनि छैन। हेरेर के बिग्रियो त। तरुनि केटीलाई जस्ले नि हेर्छ।"
"भैगो भैगो कातर माहासय।"
"म कातर? छाड तेस्लाई अहिल्यै बजाइदिन्छु।"
"मैले केही रोकेकी छैन। हेरौं न त हामी पनि!"
"कस्ती मान्छे तिमी, झगडा गर्न उस्काउने। अरुका बुढी भए ..."
"मेरो डाइलग किन चोर्नु नि? के त अरुका बुढी भए?"
"उ त्यसरी माया गरेर बस्थे नि।" - दाँयांतिर जहाजको पारापेटमा अंगालो हालेर बसेका युगल खैरेहरुलाई संकेत गरेथें।
"अरुको के मत्लब हजुरलाई। किन हेर्नु पर्ने जे गरेनी। त्यो त तपाईं जस्तो डरछेरुवा छैन होला। आउला नी फेरी बजाउन।"
"लगाम छैन त अगाडि मात्र हेर्न। एसो टाउको घुमाउन पनि नपाउनु?"
"खै आउनुस् म बान्दिउला लगाम।"
"लगाम हैन यो चेन बानिदेउ त" - मैले मेरो फुस्किएको घडी र देब्रे हात अगाडि बढाए। दाइनेमा फ्राइड स्रिम थियो, मिठो।
"जस्तो मान्छे, उस्तै घडी। खुस्केट।" तिमी अझै पेल्दै थियौ। मलाई पनि। स्रिमका टुक्राहरु पनि।

न्यु योर्क पुगेकै दिन हामी ग्राउण्ड जिरोमा पुगेथ्यौं। एउटा बिशाल जेट प्लेनले दोस्रो टावर छेड्दा अर्को तिरबाट आगोका बिशाल डल्लाहरु उछिट्टिएका द्रिस्याहरु मानसपटलमा घुमिरहे। कती छिट्टै हटाइ सकेछन स्टिल र कंक्रिटको त्यो ब्रिहत पहाड। पत्याउनै गाह्रो - हो येहिं ति गगनचुम्बी युगल टावरहरु थिए, अस्ती भर्खरसम्म।

अनी म हार्भर्ड स्क्यायर जान चाहें, तिमी निआग्रा फल्स। हार्भर्डको मुर्तिलाई तिमीले पनि छोयौ, मैले पनि। निएग्राको मनमोहकतालाई मैले पनि चुमे, तिमीले पनि। अनी हामी आन्ध्र महासागरको किनाराबाट सोझै प्रसान्त महासागरको कीनारामा पुगेथ्यौं। सान फ्रान्सिस्कोमा मामली दाजुहरु कुरी रहनु भएथ्यो। जिम्मु झानेको दाल, बासमती भात, खसिको मासु, गुन्द्रुकको अचार। कतै हामी उही पूर्व ४ नन्बर आफ्नै घर पुगेका त हैनौं झैं। आफन्तहरुको आत्मियता र मिठो नेपाली भोजनले धेरै दिनको यात्राको थकानलालाई उसै बिर्स्याइदियो। भोजपुर देखी कथामान्डु सम्म अनी यात्राका अरु धेरै थरी कुराहरुमा आधारात सम्म हामी जागै थियौं - दाई भाउजु संगै। कती बेला निदाइयो पत्तै भएन।

ढकढक ढकढक। ढोका ढक्ढक्याएको आवाजले आँखा खुले। यातायुती हिरें। तिमी थिइनौ। सम्झें; हिजो night duty छ भन्दै थियौ। रातभरी सबै निद्रा र थकान बिर्सेंर यो बिरामी र ऊ बिरामी बिच ओहोर दोहोर गरिरही हुन। अब त बिरामीलाई बिहानिको दवाइ खुवाउने बेला पनि भयो होला। उनले हस्पिटलको ड्युटिमा बिताएको एउटा अनिदो रातभरमा मैले सम्पूर्ण विश्व घुमिदिएछु, उनी संगै। ओछ्यानमै पल्टिएर सपनिको रमाइलोपनालाई बिपनिमा बोध गरिरहेथें; खुनहरु कोठा सफा गर्न आएका रहेछन। लुगा फेरे, तेही पुरानो साइकल पक्डिएं र सिधै क्याम्पस तिर बतासिएं। सपनाका झल्कोहरुले सताइरह्यो। कुनै काम गर्ने जांगर नै भएन। लन्च गएं, २५ भाटको दाल-भात। १ बजे कोठा फर्किएं र हिजोका सपनाहरुलाई यि पानाहरुमा उतारिरहें। अहिले ९ बजेर १० मिनेट गएछ। यसरी ८ घण्टा र १० मिनेट निरन्तर मैले मेरा सपनाहरुलाई यि पानाहरुमा उतारें मेरी राम प्यारीका लागि। म कामना गर्छु, मेरो सपना पुरा होस्। र म कामना गर्छु, मेरी राम प्यारी सदैब खुशी रहुन।

अबिरल स्‍मृति र न्यानो माया शाहीत, तिम्रै हजुर।

सुर न ताल।

Monday, March 10, 2008

गाउं फर्कने दिन - ३

गाउँ फर्कने दिन - २
२०५९ - ६ - २१।
भोजपुर।

...............................
ति भारतीय बच्चाहरु; छोरी दिदी, छोरो भाई। दिदी कारीब ६-७ बर्षकी बालिका। कहिले आमाको काखमा बस्छिन; कहिले बाबा आमाको बिचमा। भाई ३-४ बर्षको त्यो बालक। कहिले पर कुर्चिमा गएर उक्लन्छ, कहिले आमाको झोला खोतल्छ, कहिले बाबाको चस्मा निकालेर फल्दिन खोज्छ। एकछिन पछि त्यो केटो बाउको टोपी लिएर दौडन थाल्यो। म उस्कै पछी आँखा दौड्याइ रहेथें। केटो कोही मान्छेसंग ठोक्कियो र अलमल्ल पर्‍यो। मेरा आँखाहरु केटाको शरीरबाट बिस्तारै मस्तिर उक्लिए। कस्ती राम्री केटी। २०-२२ कि होलिन। म कती पुगें हुंला? ए, अं, खासै बुढो त भैसकेको छैन कि कोही २०-२२ को मान्छेलाई हेर्न नमिलोस। आँखा यता उता फैल्याएं। म निस्फिक्री छु। उनी हातमा बोर्डिङ पास बोकेर अगाडि बढी रहेकी थिन। साथमा अर्की अधबैसे महिला पनि छिन, शायद तिनी जेठि छोरी। वा उन्की काकी वा सानीमा वा कोही छिमेकी। जो सुकै हुन। म तुरुन्तै उन्को हात माग्न तिनी अधबैसे सामु उभिन लागेको भएपो त उनी को हुन को केही माने। मेरो उदेस्य त उन्को चेहरामा अल्मल्लिएर एक आध घण्टा बिताउन पाए समय छिट्टो बित्थ्यो भन्ने सम्मको न हो। अत: मलाई कुनै समस्या छैन, उनी को हुन वा उनी संगकी ति महिला। उनि उत्तर तर्फको भित्तामा जोडीएको कुर्चिमा गएर बसिन। म उठें र उनलाई ४५ डिग्री घडी घुम्ने दिसाको उल्टो तर्फ घुम्दा ४५ डिग्रीमै देख्ने गरी १०-१२ मिटर जती परको कुर्चिमा गएर बसें। उन्लाई एकटकले हेरिरहेछु मानौ मेरो लागि त्यो कुरुवा हलमा उनलाई नियाल्ने ड्युटी मिलेको छ।

मेरो उडान तुरुन्त होला जस्तो संकेत छैन। कोही चिनजानको मान्छे पनि त्यो हलमा छैनन। म स्वतन्त्र छु। आफ्ना चाहनाका कृयाकलापको लागि। यता गर्छु, उता गर्छु। पसलामा गएर डबलमन्ट किन्छु र राम्रो संग पड्काउन मिलोस भनेर ३ वटा एकै चोटि चपाउन थाल्छु। बांकी रहेका २-४ वटा छेउमै कुर्सिमा बसेकाहरु तर्फ तेर्स्याउंछु। कोही थुत्छन, कोही 'म त लिन्न त' भन्छन। मलाई कुनै गुनासो छैन। नचिनेकाले दिएको कुरा खानु राम्रो पनि त हैन। छरिएका कान्तिपुरका पानाहरु पल्टाउंछु, सबै जसो पन्नाहरु बिज्ञापनले मात्रै ओगटेका छन। मान्छे बन्दा धेरै बस्तु छन कि कसो नेपालमा। पुन: तिनै बच्चाबच्चिहरुलाई हेर्छु र कल्पनाहरु खेलाउछु। समय बिताउने यावत: प्रयासहरुले पनि बल्ल घडीलाई १० बजे सम्म मात्र घुमाउन सकेका छन। र एत्तिकै मा उनी छिरेकी छिन्, यो कुरुवा हलमा। र म मेरा अरु समयहरु उनिसंग खर्चिरहेछु।

उनले एउटा हात चिउडो निर लगेर चोर औंला र बुढी औंलालाई मुखको आधा भाग छेक्ने गरी राखेकी छन। अरु औंलाहरु मुठ्ठी परेका देख्छु। अर्को हात पेटको तल्लो भागमा तेर्सिएको छ, चिउडोमा लगेको हातको कुइनोलाई स्ट्याण्ड बन्ने गरी। म पनि तेसै गरी बसें र उन्लाई हेर्ने आफ्नो समयचर्या कायमै राखें। बेला बेलामा उनी पनि म तर्फ छोटा छोटा नजरहरु फालिरहेकी छिन, मानौ त्यो हलको अन्य द्रिस्यहरु नियाल्ने क्रममा म देखा परेको हुं। उनी प्रयास पुर्वतिर बाट बस्तुहरु र मान्छेहरु नियाल्दै आँखाहरु दौड्याउँछिन र म सम्मुख भएर पश्चिमतिर पुग्छिन। त्यो क्रम पुन: एकछिनमा दोहोरिन्छ। म बुझ्दिन, उनी मेरो उनी प्रतिको बिशेष चासो प्रती सजग छिन र म तर्फ हेर्ने बहाना गरिरहेछिन, वा साच्चिकै समय बिताउने प्रयास स्वरुप उपलब्ध बातावरण तर्फ फिक्का नजर फालिरहेछिन। उनी कहिले हात तल झार्छिन, म तेसै गर्थें। उनी कोही अरु मान्छे वा कृयाकलाप तर्फ अंखा दौड्याउथिन, म तेतै दौड्याइदिन्थें। वा उनी जे गर्थिन, म तेही गर्थें। र अलावा उनी के गर्दैछिन भनेर उन्लाई नियालिरहनु पनि मेरो आवश्यकता थियो। आधा घण्टा जतिको त्यो दवाब पछी उनी पनि आजित भईछन कि कसो, मेरो पछी पो लाग्न थालीन। म खल्तिमा हात हालेर दाहिने खुट्टा हलाउँछु, उनी तेसै गर्छिन। म दांत कोट्याउंछु, उनी तेसै गर्छिन। लाग्यो म नाक कोट्याउँ र केटाकेटिमा जस्तो बाहुलाको फेरोले पुछौं। अनी उनी के गर्दी रहिछन्? यस्तैमा उनी उठिन, र तिनी अधबैंसे संगै मेरो दाँयांतिर अगिकै कोणमा गएर बसिन, तर ९० डिग्री घडी घुम्ने दिसातिर खुमेर। अव उनको द्रिस्य अलिक ब्रिहत भयो।

यस्तैमा मेरो ध्यान अन्यत्र गएछ। अगिको भारतीय परिवार त्यहाँ छैन। ओरिपरी नजर घुमाएं, उनिहरुको खोजिमा। शायद त्यहाँबाट अगिनै अस्ताइसकेछन। खै कस्तो खल्लोपन एकैछिनलाई सलबलायो, मन भरी, तनभरी। एउटी पुड्कि-पुड्की र पोटिला गाला भएकी तरुनी अगी देखिनै त्यो Departure गेट संगै बसेर म संगै चुइगम चपाउने प्रतियोगिता गरिरहेथिन, उनी पनि बिलाइसकेछिन। यता उती हेरें, अगिनै परिचय भएका २-४ भोजपुरेहरु तेतै हल्लिरहेछन। पैयापानी तिरकी १०-१२ बर्षकी सानी फुच्ची पनि हामी संगै यो सदैब ढिला गर्ने उडान कुरिरहेछिन, पेटलाई च्याप्टो बनाएर। उनको अनुहार मलिन भईसकेको छ, कुर्दा, कुर्दा र कुर्दाको यो नमिठो थकानले। अफसोस मेरी गत ४५ मिनेट देखिकी खेलकी साथी पनि त्यहांबाट हिंडिसकिछिन। उफ, कस्तो नमज्जा। उनी अस्ताउनु अगाडि म बाटो लाग्न पाएको भए यो पट्यारी फेरी झुल्किने थिएन। अरु त के नै थियो र हाम्रो त्यो आँखा आँखाको खेलमा। एउटा सामान्य घटना, यात्राहरुमा घटिरहने। तैपनी अर्को एउटा निमेसभरको अभाव दिलभरी रुमाल्लियो। उनको अभाव। बिचित्रको छ यो मन। कोही कसै प्रती पनि अकर्सित हुने। क्षण भरमै बहकिने। कस्तो अनियन्त्रित! कस्तो अनुत्तरदायी!

पुन: अरु कुनै बहाना खोज्दै थिएं समय कटाउने। भोक लागेको हो कि जस्तो पनि भई राछ। बेकरीहरु त देख्छु, तर असाध्य महंगा हुन्छन त्यहाँ। पाउरोटी हालेथें, तर के संग खाने। एउटा फुच्चे कोक भए पनि तान्नु पर्‍यो भनेर एसो त्यो पश्चिम भित्तातिरका पसल पट्टी फर्कदै थिए, RNAC को एउटा अधबैंसे मान्छेले उडानका लागि बोलायो। भोक, प्यास, पट्यार, थकान, एक्लोपन, खालिपन, र अभाब सबै मेटिए। बिजुलिको झिल्का जस्तै। मन प्रफुल्ल भयो, खुशी भयो र हलुंगो भयो। लामो पट्यारलाग्दो कुराइ पछीको मीठो फल।

महिलाहरुका लागि महिला नै र पुरुषहरुका लागि उस्तै सुरक्षाकर्मिहरु हामीलाई लाइनमा राखेर सुरक्षा जांच गरिरहेछन। म चाँहीं हराउन थालीसकेको छु। त्यो ट्याम्के डाँडो, त्यो सेल्मे डाँडो, त्यो पिखुवा खोला, त्यो सानो गाउँ र गाउंको पुछारमा रहेको मेरो सानो घर। गुज्राती भैंसीले यसपाली त पक्कै पाडो पाइन होली। बिगौती खान त पाइएन, खिर खाने हो अब। घोर्ले खसी पनि १५ धार्निको जख्खु भयो होला। सिन्धुरे गोरु पोहोर सालनै बुढो देखिएको थियो, एस्पाला कतै खरितेलाई बेचिदिएकी। दामा बाट किनेर ल्याएथें, कती प्यारो थियो। धेरै साथ दिएथ्यो, टाहार बारी र चप्लेटी खेतहरुमा। सिकारीले एस्पाल कतिवटा परेवाहरु लग्यो होला। २० जोर त अझै होलान, त्यो राते भाले खुब मन पर्थ्यो मलाई, अझै छ कि छैन होला। सम्झनाका बादलहरु मडारिरहेका थिए, बसले कतिबेला प्लेन भए सम्म पुर्याइ सकेछ। चालकहरु त्यो ११९A को टुइन ओट्टर लाई ओरिपरी घुमेर check गरीरहेथे। बिमानस्थल र बिमानहरु समेटेर मैले एउटा फोटो खिचें र प्लेनका खुड्किलाहरु तर्फ उक्लिएं। एती स्फुर्त छु कि मानौं म मेरो घर छेवैको पंधेरो माथिको सानो उकालो उक्लिरहेछु। तेही उकालो जहाँ सानोमा म दुबै हातमा ५-५ लिटरका जर्किनहरु लिएर उकालीन्थें। सांझ पर्दा कहिले काहीं मनभरी स्पष्ठ डर लिएर, सुनिएका भुतप्रेत र तर्साउनेहरुको, म त्यो सानो उकालो सास न बास भएर बेतोड उक्लन्थें र डाँडामा पुगेपछी निमेसभरलाई बिसाएर फेरी दौडन्थें - तेर्सो, पाली घर तर्फ।

अस्तु।

Monday, March 3, 2008

गाउँ फर्कने दिन - २

गाउँ फर्कने दिन - २
२०५९ - ६ - २१।
भोजपुर।

---------------------
र पुरानो बानेश्वर चोक बाट देब्रे, बत्तिस पुतली हुँदै गौसाला चोक, अनी त्यहाँबाट दाँयाँ लागेर तिलगंगा हुँदै पुगियो हावाइ मैदान। त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल।

ठाउँ ठाउँमा सुरक्षा जांच, दाजु टरमिनल भवन भन्दा अलिक तल जाली बारसम्म मात्र आउन पाउनु भो। झोला च्यापें र एक्लै लम्किएं। ८ बज्न लागेछ। आन्तरिक टर्मिनलमा छिरें। खचाखच मान्छेहरु, १०-१२ वटा बिभिन्न उडान सेवाका काउन्टरहरु। एकछिन यता उती गरें। ८ बज्यो। भोजपुरको RA काउन्टर खुल्यो। १६५ Airport Charge बुझाएं। सामान जोखाउनु केही थिएन, झोलामा हाते बिल्ला हाल्न लगाएं र भित्र पट्टिको departure हल मा छिरें। साडे सात हुन लागेछ।

त्यो हल रमाइलो थियो, नरमाइलो पनि। रमाइलो यसर्थ कि धेरै थरिका रंगी बिरंगै मान्छेहरु आउछन, डुल्छन, बस्छन र जान्छन। यि सबहरुलाई नियाली रहन बहुत आनन्द आउछ। नरमाइलो यसर्थकी म RNAC को उडानमा छु - जो अक्सर लामो समय कुराउंछ र बारम्बार स्थगित भई रहन्छ। यि सबको नैरास्यता र के होला, कसो होला, कहिले उड्लाको अस्थिरतामा त्यो कुरुवा हलमा अल्मल्लिरहन दिक्क लाग्दो हुन्छ।

यो पटकको यात्रा पनि उस्तै रह्यो। धेरै बिदेशिहरु हलमा छिरे र कुर्सिहरुमा बस्ने, सौचालय छिर्ने, क्याफे र किरना पसल जाने, अंगालो मारेर यता उता भौतारिने अनी departure gate को लाइनमा बसेर गाडी चडने (जस्ले प्लेन सम्म पुर्याउछ) सम्मको क्रीयाकलापमा औसत आधा घण्टा जती बिताए हुन, मेरा सामु। धेरै कालाहरु पनि थिए, अफ्रिकन। धेरै गोराहरु पनि थिए। र बढी चाँहीं भारतीयहरु थिए। धेरै बच्चाहरु आए, दौडिए, चुइगम पड्काए, झगडा गरे, आमा-बाहरुलाई पिरोलिरहे वा भनौं अल्मल्याइरहे र उसरिनै बाहिरिए। कुनै एउटा airlines को कुनै एउटा flight. धेरै मसिना बच्चाहरु पनि आए, बामे सर्ने वा टुकुटुकु हिंड्ने। अरु कोही आमाका काखहरुमा निधाइरहेका वा स्तनपान गरिरहेका। दुइ चार तेस्ता यात्रुहरु पनि देखिए जस्लाई नेपाली हो वा बिदेशी खुट्याउन सकिएन। तिनिहरु बिदेशी पनि हुन सक्छन, अलिकता नेपालीपन अपनाएका। वा नेपाली पनि हुन सक्छन, धेरै बिदेशिपन अपनाएका। र संग संगै २-४ सुनौला, सुन्दर अनुहारहरु पनि देखा परे र बिलाए, कोही श्रीमानसंग, कोही केटा साथीसंग, कोही आमासंग, कोही साथीसंग, कोही एक्लै।

एउटा भारतीय जोडी र उनिहरुका २ वटा बच्चाहरुलाई धेरै बेर नियाली रहें। कहिलेकाहीं यस्तो लाग्छ कि तुरुन्तै बिहे गरौं र फटाफट एक दर्जन छोराछोरी बनाउं। कती रमाइलो होला ति प्यारा कलीला आँखाका नानीहरु संग खेल्न, जिस्कन, चलाऊन, रुवाउन, हसाउन। जुन ति भारतीय बच्चाहरु र उनिहरुका आमा-बा बिच भई रहेछ। तर यो मेरो निमेसभरको आवेश पनि कत्ती नमज्जाको। मनौ उनिहरु एउटा यन्त्र हुन। म एकबिहानै उठ्छु र पावर अन गर्छु। दिन भरमा भकाभक १०-१२ बच्चाहरु उत्पादित हुन्छन- दुरुस्त बच्चाहरु - जसरी गुडियाहरु दुरुस्त हुन्छन। यो मेरो आवेस कदाचित नारिहरुलाई होच्याउन अभिप्रेरित हैन, भनिहाले, एउटा आवेसको उद्वेग मात्रै हो। उनिहरु त आमाहरु हुन, निस्वार्थ मायाँले भरिएका। उनिहरु त श्रीजना हुन, श्रीजनासिलताका पारखी। उनीहरु त जीवन संगिनी हुन, गाडाको अर्को पांग्रो, मोहोरको अर्को पाटो, त्याग आत्मियताका महासागरहरु। उनीहरु त दिदी बहिनी हुन, सदैब मेरो रक्षाका लागि बांचिरहेका, कोमलताका प्रतिमुर्तिहरु।

अझ बढी, वास्तवीकता त पर छ, क्षितिजतिर। तुरुन्त विवाह, एउटा अर्को आवेसको उद्वेग हो। असम्भव। विवाह एक्लै हुँदैन। जव कोही अरुसंग विवाह गरिन्छ भने उस्लाई अपनाउन सक्ने क्षमता पनि आफुसंग हुनुपर्‍यो। त्यो अझै तयार भईसकेको छैन। भनिहालें विवाह कोही अरु संग गरिन्छ - अर्को लिंग। धेरै वा भनौं अनगिन्ती फरकपनाकादुई बाटाहरु उदांगिएर एकठाउँमा जोडीने हुन। यसले एउटा जटिलतम परिस्थितीमा जकडिदिनेछ। त्यो परिस्थितीलाई शहज बनाउन सम्झ्यौता गर्न सक्ने शाहस र क्षमता सुध्रिड हुनु पर्‍यो, म मा। अन्यथा हाम्रा बाटाहरु भत्कन सक्छन, भास्सिन सक्छन।

उफ, यो एउटा abstract 'हामी'। किनकी कोही अरु गासिएको छैन- भौतिक रुपले- म संग, ताकी म हामी ओड्न सकौं। यो 'हामी' एउटा आत्मिए चित्र हो, मनको प्रिस्ठभुमिमा नजानिदो पाराले, नदेखिने रंगहरुद्वारा सुस्तरी पोतिएको सुन्दर चित्र।

साच्ची बाटो यहाँनिर पनि हराएछ। म मेरो यात्रामा थिएं। वास्तविक। तर लिग छाडेर पहाड तर्फ उक्लन प्रयास गरेछ। शहयात्राको पहाड। "नानी पाउनु कहिले कहिले कोक्रो बुन्नु अहिले।" बेकारका वकवासमा म किन मस्तिस्क घोटिरहेछु? उनी जो आउछिन, अहिलेकी abstract उनी जब वास्तबिक जीवनको अमिट क्यानभासमा पोतिन्छिन, उनी एउटा चित्र मात्र त हैनन नि। भावनाभित्र अनगिन्ती उद्वेगहरु संगालेर, अनेकन सपनाहरु संगालेर र अलावा जस्तो सुकै परिस्थितीमा पनि रथ तानिरहने एउटा द्रिढ संकल्प शाहीत त्यो बिशालतम फड्को मार्नेछिन, उनि, मेरो सामु आइपुग्न। अझ यसो भनौं त्यो चौतारीसम्म पुग्न जहाँ म पनि पुग्ने छु र आपस्तमा शहयात्रा सुरु हुन्छ। यहाँनिर चौतारीको प्रसंग किन महत्वपूर्ण छ भनेकी कोही पनि एक्लै अर्को कोहीसम्म पुग्दैन। दुबै बिचको समझदारिले मात्रै एक आपस्तमा सम्म पुर्याउने काम गर्छ। म चाहन्नकी यो सम्म पुग्ने कामको सम्पूर्ण उत्तरदायित्व महिलावर्गमै छाडौं। त्यो अन्याय हो। के भौतिक रुपमा पुरुषको भनिएको कटेरोमा आफ्नो वासस्थान सार्नुनै ऊ सम्म नारी पुग्नु हो त? के पुरुषको कुनै जिम्मेदारी छैन त, यो शहयात्रामा उनितिर लम्किन? कदाचित हैन। कोहीसम्म पुग्नु भनेको मनको कुरा हो, भावनाको कुरा हो, अन्तरंगको कुरा हो। भौतिक रुपमा ४ वटा पर्खालहरु र एउटा ओतले बनेको त्यो सानो अभयव त एउटा कारागर मात्रै हो - मान्छेलाई उन्मक्त र खुला आकाशबाट अलग्याउने। त्यो अभयव त जतिबेला पनि भत्कन सक्छ। भत्काउन सकिन्छ। सानो बढी, पैरो वा भुइचालोले चकनाचुर पारीदिन सक्छ। त्यस्को अस्थित्वनै बिलाउन सक्छ। वास्ताविक कटेरो त मनमा हुन्छ। वास्तबिक घर त मनमा हुन्छ। मुटुमा कोरिएको त्यो घर मात्रै युगौं युग अमिट रहन्छ। हो त्यो घर वास्ताविक हो। जहाँ हामी पुग्छौं, शहयात्राका लागि।

र मेरो यो शहयात्रा एक्कासीको हुनेछ, म एकै पटक उनको घर सम्म पुग्नेछु, उनी मेरो सम्म। त्यो समायोजन एक्कासीको हुनेछ। सुभ्र। इमान्दार। शान्त। र स्निग्ध। मैन बत्तिको शिखा जस्तै।

Friday, February 29, 2008

गाउँ फर्कने दिन - १

गाउँ फर्कने दिन - १

२०५९ - ६ - २१।
भोजपुर।

ट्याङ ट्याङ, ट्याङ ट्याङ, ट्याङ ट्याङ, ............

सपना होकी। तन्द्रा हो कि। साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। त्यो स्कुल को घन्टी लागे जस्तो आवाज भएको घडी किनेथें, अलिक कम इरिटेशन होला भनेर। तैपनी आजकाल मलाई सबै भन्दा घ्रिणा लाग्ने केही छ भने त्यो तेही Alarm Clock नै हो। अफसोस, सबै भन्दा नभै नहुने केही छ भने पनि त्यो तेही Alarm Clock नै हो। त्यो छात्राबासको बसाइले सुत्ने उठ्ने समय सबै गोलमाल गरिदियो। आजकाल छिटो सुते पनि ढिलो सुते पनि घरमाथि घाम नपुगेसम्म ब्युझिनै गाह्रो छ। बल्ल तल्ल भेटेको मास्टरी। एक बिहानै पुग्नु पर्छ। ६ बजे त कक्षा सूरु नै भई सक्छ। फेरी त्यो ट्याम्पु वालाहरु मान्छे नभरिउन जेल हिंड्ने हैनन। ४ बजे नउठे भ्याउने हैन।

ए साच्ची आज त क्लास जान लागेको हैन नि। मन हलुंगो भयो। जुरुक्क उठें। ठोका खोलेर मस्तला लागें। भान्सामा भाउजु चिया नास्ता तिर लागि सक्नु भएछ। छतमा गएं। बिहान निक्कै जाडो हुन थालीसकेछ। हुस्सुले पुरा शहर ढाकेछ। केही पो देखिदैन त। यस्तोमा प्लेन पनि कसरी उड्ला। मन अलिक भारि भो। पोलिथिन ट्यांकिको धारो खोलेँ। कस्तो चिसो पानी। आ, नुहाउदिन। पछी जिउ उस्तै भई हाल्छ। आँफैलाई बाहाना मिलाए, ननुहाउने। मुख फटाफट धोएं र तल दौडिएं।

"आच्छु, कस्तो जाडो, चिया पाक्यो भाउजु।"
"सेलाउन लागिसक्यो। कस्तो खुस मुड हो, घर जाने भने पछि त। गाउमा कोही छ कि कसो?", भाउजु मुसुक्क हास्नु भो।
"हो नि त। बुवा आमा, दाजु भाउजु, दिदी-बहिनी, सबै त हुनुहुन्छ", चिया समाए, कुरो बिचैमा छोडेर भर्यांग तिर लागें।

भुइतलामा मेरो सानो कोठा छ। सानो टेबलमा कम्प्युटर मनिटर। भित्ता पट्टी सानो खाट। कुर्शिको काम खाटैले गर्छ। कुर्शी राख्नलाई कोठामा ठाउँ पनि त छैन। टेबलको छेउमा मेरो सबै भन्दा मन पर्ने बस्तु छ। सानो क्यासेट प्लेयर। बेलुका २-४ वटा मन पर्ने गीत नसुनी निद्रा लाग्दैन। हुन त त्यो कम्प्युटर बाटै सुने पनि हुने हो। तर क्यासेटसंग जुना साईनो जोडीएको छ, बाल्यकाल देखी, त्यो अरु केहीले पुरा गर्दैन। भित्तातिर बिद्यालय र कलेजमा जितेका खेलकुदका कपहरु लहरै छन। मेडलहरु कांटी ठोकेर टेबल माथि भित्तामा झुन्ड्याएको छु। सिरानेको पारीपट्टी भित्तामा मेघा पोखरेलको ठुलो वाल पेपर टासेको छु, किन किन तिनी मलाई मन पर्छिन। मेरी सोल्टिनी जस्ताइ। दाँया तिर हिमालयन रेन्ज झुन्डिएको छ। एक महिनालाई म मेरो यो सानो संसारलाई छाडेर गाउँ जादैछु, सम्पूर्ण आफ्नो संसर तर्फ।

समयले एक फन्को अरु मार्यो, अत्यन्तै दर्दनाक काहानीहरु/ईतिहासहरु बनाएर, मेरो राष्ट्रको र एउटा नयाँ बडादशैंले मेरा बेफुर्सदिहरुलाई कस्सेर धक्का मार्यो। म मेरा दैनिकिहरुलाई पूर्ण रुपले परिवर्तन गरेर, सम्पूर्ण नाम र उपनामका लेपनहरु फुकालेर एउटा सानोभाइ मात्र बांकी भएको छु, अबका ३-४ हप्ताहरु, जस्लाई म मेरो पहाडमा बिताउने छु, आमा-बुवा, दाजु भाउजु र बहिनी संग; आँगन, दलान र बलेसी संग। यही दशै एउटा आउंछ र जीवनमा अलिकता अपनत्व/आत्मियता छरेर जान्छ। नत्र त जीवन एउटा स्वचालित यन्त्र न हो। यही एउटा उत्सब जो बांकी छ, तेस्लाई पनि देशको बिषम परिस्थितीले कुठाराघात गरिरहेछ। घर जान कत्तिको सुरक्षित छ भन्ने छलफलहरुलाई सिरानी मुनी घुसारेर म निस्की रहेछु - मेरा आकांक्षाहरुलाइ उद्वेलित गर्न - मेरो रातोमाटोले पोतेको चुलो र मझेरी संग, राडी ओछ्यायको ओछ्यान संग, र टुकी बालेका रातहरु संग।

आज लगाउने भनेर हिजै छुट्याएको लुगा टेबल बाट उठाएं। पट्याएका धर्साहरु श्पस्ठ देखिक्दैछन। सर्टमा पनि, पाइन्टमा पनि। उहिले उहिले गाउभरिमा एउटामात्र इस्त्री हुँदा कती जागर लाग्थ्यो। सिरानघरबाट इस्त्री ल्यायो, कोइला फुक्यो, ततायो, लगायो, पुर्याउन गयो। आजकाल कोठामै बिजुलिवाला इस्त्री छ। तर जागर छैन। आsss, कस्लाई देखाउनु छर। पुन: आँफैलाई बाहाना मिलाएं र त्यो खुज्मुजिएको पाइन्ट र सर्ट उसै घुसारें। आफ्नो कोठामा कहिल्यै ऐना भएन। शायद जरुरी ठानिन। कपाल हिजो नै मुडुलै हुने गरी कटाएको थिएं। हातले यसो मिलाएं। टाउकोको देब्रे तिर सिउदो पर्ने गरी।

"प्वाँ प्वाँ प्वाँ प्वाँ प्वाँ प्वाँ"
बा अ ञ २८१४ चिच्यायो। दाजु कहिले उठेर तयार भईवरी मोटारसाइकलमा पुगी सक्नु भएछ। फटाफट गोल्डस्टारको तुना कसें, र हिजै मिलाएर राखेको कलेज ब्याग पछाडि भिरें र "भाउजु गएं है" भन्दै दौडिएं।
"तेरो प्लेन ८ बजे हैन?", दाजुले पक्का गर्नुभो।
"हो", भन्दै पछाडि चडें।

शहर चक्रपथ बाहिर पनि निक्कै बिकास भई सक्यो। दाँया बाँया भर्खर बनेका वा बनीरहेका घरहरु लहरै थपिदैछन। सानोभर्यांग ननीस्कुन्जेल उकडफाकड छ बाटो। चक्रपथमा दाजु बाँया लाग्नु भो, बनस्थली तिर। अब यो चक्रपथ नछोडी गए भईगो, मन मनै नक्सा बनाएं। दाँया बाँया त्यो लहरे पिपल हो कि के का ठुला ठुला रुखहरुले छ्याप्प छोपेका छन, रिङ रोडलाई। बनस्थली चोक। ठेलागाडा र त्यो स-साना काठका छाप्रे पसलहरु खुल्न थालीसकेका छन। बिहानी कक्षाका विद्यार्थीहरु निला, हरिया, कलेजी, थरिथरीका युनिफर्ममा हतार हतार यता उता गरिरहेछन। साच्ची दसैं बिदा त सूरु भएकै छैन नि। मैले पो त मुस्किलले २ दिन अघाडी छुट्टी पाएथें। धेरैजस्तो तेही बनस्थली स्कुलका होलान। राम्रो स्कुल भन्थे, आफुले पढ्न पाएको होइन केरे। के भो त, गाउंमै पढेपनी प्रतिस्पर्धा गरिरहेकै छु। मन वाद बिवाद गरिरहेछ। बालाजु चोक आइपुगेछ। मेरो दिमागको नक्साले काम गरेन। दाजुलाई उपत्यकाका गल्ली गल्ली याद छन। यो छोटो बाटो हुनुपर्छ। बिष्णुमतीको पुल तरेर उता लागेपछी म कता जादैछु थाहा भएन। दाँयाँतिर पसुपती डेन्टल हस्पिटल हो के के लेखेको थियो, दाँया बाँया लहरै घरहरु, एस्तो बाक्लो बस्ती रहेछ, म कहिल्यै नआइपुगेको होकी, आएर पनि मेसो नपाको होकी। त्यो दाँयाको खै के शाहीत्तिक समाज हैन। य हो त, नयाँ बजार पो रहेछ। मोदनाथ शिक्षा मन्त्री थे क्यारे। कती ७ बर्शै भो कि कसो, त्यो युवा सेवा कोशको पुरस्कार थाप्न आथें यहाँ, पहिलो पटक। दाजुले नै छोडिदिनु भाथ्यो।

दाजुले गियर चेन्ज गर्नु भयो, ४ बाट ३ अनी २। त्यो उकालोमा मोटारसाइकल पछाडिनै जाला जस्तो गरिराछ। १ मा नराखी भएन। सरस्वती क्याम्पस कट्यो, अस्कल आयो। धेरै कर्णधारहरुको कलेज। तर बिडम्बना आजकल प्रायस: टायरको थुवाँले रुमल्लिरहन्छ यो कलेज। बिहानै भएर पनि होला, आज केही तल माथि रहेनछ। राजदरवारको त्यो पश्चिम पर्खाल छेउमा पुगेर दाजु दाँयाँ लाग्नु भो। दाँया-बायाँ अलेली पैदाल यात्रीहरु देखिन्छन। कानेटोपिहरुमा। आज निक्कै नै जाडो हो। बल्ल पो ज्याकेटको चेन लगाउने होस आयो। घर जाने उमंगमा बेहोसी बढीरहेछ। आच्ची, ऊ तिनी केटीको सर्टमा चराले बिस्ट्याइ दियो। बिचरा। अस्कल गैराकी जस्ति छन, खैरो खैरो पाइन्ट देख्छु। त्यो सिक्षा मन्त्रालयको पर्खाल छेउको बाटो हिड्यो भने जहिले बिस्ट्याइ खाइन्छ। के जाती चरा हुन कुनी यिनिहरु, टाउको तल झुन्ड्यायर ति पात बेगरका रुखहरुमा सर्बत्र झुन्डिरहेछन।

त्यो ठमेल जाने चोकबाट दाजु बायाँ लाग्नु भो। म आँफैमा हराइरहेछु। साच्चि त मैले केही पनि किनिनछु घर लानलाई। कस्तो उल्लु म। बाटोमा केही पाईन्छ कि। फेरी ढिला पनि हुन लाग्यो। सोच्दै थें दाजु जैनेपाल हल बाट दाँयाँ लाग्नु भो। यो बाटो अलिक तल पुग्यो भने कृष्ण पाउरोटी पुग्छ हैन? ए हो रहेछ। एकछिन दाजुलाई रोक्न लगाएं। यो पाउरोटी पनि गाउँमा त कस्तो चिजको बस्तु पो हुन्छ त। मैले पहिलो पटका यही आएर खाएथें। सुरु सुरुमा त अचाक्ली मिठो लाग्ने। मिठ्ठाइहरु पनि प्रसस्तै रहेछन, कृष्ण पाउरोटीको पसलमा, बेसै भो। अनी दाजु त्यो अमेरिकन सेन्टर हुँदै कालो पुल हो कि रातो पुल तिर ओरालो झर्नु भो। कुन चाँही कालो पुल कुन चाँहीं रातो, मलाई कहिल्यै याद भएन। पुल आउनु अगाडिनै दाजु दाँयातिर लाग्नु भो। किन रहेछ, यो फेरी कता हो? ए मैतिदेभी मन्दिर पो त। सिर झुकाएं। चोक आयो। ए गूद्पाक किन्ने भनेर पो त यता तिर आउनु भा रहेछ। र पुरानो बानेश्वर चोक बाट देब्रे, बत्तिस पुतली हुँदै गौसाला चोक, अनी त्यहाँबाट दाँयाँ लागेर तिलगंगा हुँदै पुगियो हावाइ मैदान। त्रिभुवन अन्तरराष्ट्रिय बिमानस्थल।

Thursday, February 21, 2008

काँचो उमेरका कांचा हरफहरु

"म"
मलाई डोसा एकदमै मिठो लाग्छ,
तर ढिंडो चाखेकै छैन।
मलाई मिनिस्कट एकदम सुहाउंछ,
तर फरिया-चोली लगाएकै छैन।
******************
मलाई म्याडोनाका गीत मुखाग्र छन,
तर कुमार बस्नेतका सुनेकै छैन।
मलाई पियानो राम्ररी आउँछ,
तर सारंगी देखेकै छैन।
*******************
मलाई एथेन्से एकदमै मन पर्छ,
तर लुम्बिनी पुगेकै छैन।
विश्वाज्वतिमा रंगिला फेरि चले हुन्थ्यो,
तर दक्षिणा हेरेकै छैन।
******************
म बिदेशी भाँडा माझ्न मन्जुर छु,
तर गाउँमा खुकुरी पिट्न लाज लाग्छ।
किनकी मेरी प्रेयसी शहरकी हुन,
तर मेरो घर कहाँ हो सोचेकै छैन।
******************

रोजाइ

पिउनु नै त हो,
कोक, प्यास र पेप्सी नै पिए पनि त हुने
खै किन मिर्नोभ, नसा र खुकुरीमै जान्छ मन
दुख्नु नै त हो,
रोग, भोक र गरीबीमै दुखे पनि त हुने,
खै किन तरुनी थाइकटहरु नहाँस्दैमा दुख्छ मन

ब्यापार नै त हो,

आलु भ्यान्टा, वा पुरी फ्यान्टाकै गरे पनि त हुने,
खै किन सोझा सिधा चेली बेटिकै गरिन्छ यहाँ
प्रदर्शन नै त हो,
पहिलो नै हुने गरी सम्पूर्ण गरे पनि त हुने,
खै किन आधा-आधा गरेर पछि-पछि परिन्छ यहाँ।

बस्नु नै त हो,
काम, कर्तब्य र निस्ठामै बसे पनि त हुने
खै किन मिर्मिरे परेलिहरुमै बस्छ दिल
सताउनु नै त हो,
गाउँघर र देउरालीकै मायाले सताए पनि त हुने
खै किन नाग्बेली चुल्ठोको यादले नै सताउँछ मन।

जिउनुनै त हो,
माया, प्रेम र सद्भावमै जिये पनि त हुने,
खै किन घ्रिणा, द्वेष, र शोषण मै बाचिन्छ
यहाँ,मर्नु नै त हो,
दुखी, गरिव वा मातृभूमीकै लागि मरे पनि त हुने,
खै किन फेसनी लभको सानो ट्राजेडी मै मरिन्छ यहाँ।

Saturday, February 16, 2008

पोखरा: मेरो सुन्दर यात्रामा - अन्तिम भाग

पोखरा उपत्याकाको उत्तर पश्चिम कुनामा हुनुपर्छ, बगरबाट २-३ KM हो कि, पहाडको फेदमा हल्का भिरालो। दुरुस्त दर्जनौं छात्रबासहरु, आकर्शक बस्तुकलामा सजिएका प्रशासनिक र सैक्षिक भवनहरु, भर्खर जवानी फक्रिरहेका तरुना तन्नेरी अनुहारहरु, यत्र तत्र रुखका छहारिहरु, सितल तापिरहेका विद्यार्थीहरु, रमाइला चिनजान र भलाकुसरिहरु, overseer पढिरहेका भाई बहिनिहरुका सद्भाव र सत्कारहरु; २ घण्टाको त्यो अती सुक्ष्म समय अती सुन्दर स्‍मृतिहरु उझेल्न सफल थियो। यधप्पी मन अझै कता कता हिजोको सफेद कुर्ता सलवारको खोजिमा छ। संका छ - मैले उन्लाई भेटेर पनि नचिनेको हुन सक्छु, कुनै अर्को पहिरनमा भेटिएकि भए। मैले कदाचित त्यस्तो सोचेको होइन, दिमागले। तथापी मन शायद त्यो उनको कुर्ता सलवारमा बढी आकर्शित थियो, र नै मुहार तुरुन्तै भुलिदिएं। जे होस्, जसरी होस, उनी मेरो सामु झुल्किनन त्यो दिन, र शायद जीवन पर्यन्त झुल्किने छैनन। वा झुल्किए पनि म उन्लाई चिन्ने छैन वा चिने पनि जुना भावनाको गहिराइमा त्यो दिन म थिएं, उप्रान्त पुगुंला - नपुगुंला।

खाना पछि हामी महेन्द्रगुफा पुग्यौं। उपत्यकाको उत्तर पश्चिम भित्तो हुनुपर्छ। बशौं देखी बयान सुनिएको ढाँड। बाटोको दाँयाँ बायाँ सुन्दर बगैचा। प्रेमालापमा मग्न जोडीहरु। उत्तिस घारिहरु, स-साना खोल्सा खाल्सी, चिस्यानहरु। र दाँयाँतिर ह्वात्त मुख उखारेको अजंघको सर्प जस्तो। महेन्द्रगुफा। मानिषले आधुनिकता पोतिदिएको, प्राकृतिकता कम। कन्क्रिटका सिँडिहरु, बिजुली को उज्वालो। ढाँडको माथि भित्ताहरुबाट रसाएका पानीका थोपाहरु तुप्प तुप्प झरिरहेका र भिराला सिँडिहरुलाई चिप्लो बनाइदिएका। १०-१५ मिटरजती तल झरे पछि गुफा को प्रमुख भाग पुगिने। मानौं त्यो बढेमानको अजिंगरको मुखबाट ओरालो झरेर अब हामी पेटसम्म पुगेका छौं। अफसोस। अलिकता मात्रै अगाडि पुगे पछि बाटो भत्किएको रहेछ। अगाडि न-बढ्ने सल्लाह दिइयो। कस्तो नमज्जा। आफुलाई अलिक परैसम्म पुग्न मन थियो, धर्तिमुनीको त्यो मनमोहकतामा म अघाउन पाइन। झन्डै तेती त म मेरो गाउंको चितुवा ढाँडमा पनि छिरेको हुँला। कुनै बिजुली बेगर, कुनै फलामे बार बेगर, राँको बालेर। मन अलिकता अत्रिप्त नै लिएर फर्किएं म र लागेँ नाइकेहरुको पछि-पछि।

फर्कंदा के आइ सिंह पुलबाट पुन सेतीलाई निहालेँ। उस्तै गरी बिकराल। सातो जाने गरी भास्सिएकी छिन्, महेन्द्र पुलमा जस्तै। पोखरा साच्चिकै प्राकृतिक छटाहरुकि धनी छिन। यिनी सेती नदी, त्यो महेन्द्र गुफा, त्यो चमेरे गुफा। तेहिँ तल शहर संगै जोडीएको फेवाताल र उसको आँगनमा उत्रिएको माछापुच्छ्रेको छायाँ। अलि तल पातले छांगो। पश्चिमतिरको त्यो सारांगकोट डाँडो र त्यहाँ बाट देखिने मनमोहक द्रिस्यहरु। पुर्वतिर थोरै पर बेगनास ताल। बिन्देवासिनी र ताल बाराहीका आशिर्वादहरु। र नै पोखरा पोखार बनेकि छिन्।

हामी आज रातिको बसबाट फर्कने सुरमा छौं। मलाई कम्तिमा फेवामा डुंगा खियाउन र डेभिस फलमा पुगेर उनी डेभिस प्रती श्रद्धान्जली दर्साउने मन छ। अर्को ट्याक्सी लिएर हामी शहरको दक्षिण पश्चिम किनरातर्फ हुइकियौं। फेवाको किनारै किनार। सुन्दर, सफा, हरियो। Lake Side रमाइलो थियो। पर्यटकहरुको आकर्शण। दुई समुहमा बाडियौं हामी। अनुभविहरुले डुंगा मात्रै भाडामा लिए र बाटो लागे। म आला काँचाको समुहमा परें। हामीले डुंगा र माझिदाइ पनि संगै लियौं। यधप्पी, हाम्रा रहरहरुले हामीलाई पेलिरहे र माझिदाइ सिर्फ गुरु बने हाम्रा। दाबिलो कता जसरी राख्ने र कसरी पानी फाल्ने जस्ता बिधिहरु सिकाइरहे। कुनै बेला नाउ असन्तुलित हुन्थ्यो र पानीको सतह सम्म पुग्दथ्यो। मन झसंग पर्दै गर्दा म धिकार्थें - मेरो पौडी नजान्नुको वास्तविकतालाइ। किन सबै ऐरे गैरे ले सिकिरहदा म लम्फु हाडी र मसाने दहहरुमा दुबुल्की मार्न सकिन? शायद म अलिक सानो थिएं होला र अलिक ठुलाहरुले बस्तु धान चोर्न पुग्लान कि भनेर मलाई कुरुवा राखिराखे हुन, आफुहरु बाकटे हानिरहंदा। किन म कहिल्यै अगुवा बनिन, वा बन्न सकिन वा चाहिन? केटा केटीमा पछुवा बन्नुको पिडा आज फेवाको बिचमा भोगिरहेछु। तैपनी म किन अझै नाइके बन्ने प्रयास वा चाहना गर्न सक्दिन? यही भ्रमणमा पनि त माउतेहरुको रहरमा मैले आफ्ना रहरहरु बिर्सनु परिरहेछ। किन म आँफैँ माउते बन्न सक्दिन? शायद म मा त्यो खुबी वा त्यो भगवानले नै दिएर पठाउने सामर्थ्या छैन कि म समुहहरुमा नाइके बन्न सकुं, बक्ता बन्न सकुं। म सदैब पछुवा र स्रोता रहें र रहिरेछु।

माझिदाइ थिए र एउटा आँट थियो। अरु छेउछाउका डुँगाहरुलाई हेर्छु। केटाकेटिहरु, बुढाबुढीहरु, सबै थरी मानिषहरु निस्फिक्री रमाइ रहेछन। म निर्भिक बन्दै गएं। किन डराउनु, आखिर दुर्घटनामै मर्न लेखेको भए त्यो जहाँ पनि पर्न सक्छ-गाडीमा, रेलमा, प्लेनमा, घरमा, आँगनमा। जहिंतहिं। मेरै मामा भर्यांगबाट लढेर ठहरै भएथे। मेरै फुपुकी सासु भात अड्केर बितिथिन। मेरो मिल्ने साथी तेही जडिबुटिको ओरालोमा साइकलबाट लडेर बितेथ्यो। म उड्न सक्दिन, त के म हवाइ जहाज नचड्ने। अनी सबै डरहरुलाई पाइताला मुनी घुसारेर म दाबिलो चलाइरहें। पहिले पहिले घुमाउन अलिक अप्ठेरो हुन्थ्यो। बिस्तारै जता चाह्यो उतै लान सक्ने भयौँ हामी। ताल बाराही पुगेर आशिर्वाद लियौं र पुन डुंगा खियाउने खेलमा फर्कियौं। कहिले पारी किनरा छुने रहर, कहिले युगल जोडीहरुको पिछा, कहिले साथीहरुको नाउमा ठोक्याउने खेल। आदी-इत्यादी।

माझी दाई पोखरा फेवातालको
लाउँ माया साचैको नलाउँ हो ख्याल ख्यालको।

मन त भरेको थिएन, पानी संग खेल्ने। तर समयले नेटो कट्नै लागिसक्यो। फेवा संगको २-३ घण्टाको सुमधुर पिरती पछि हामी ५०० रुपैयाँ माझिदाइ लाई बुझाएर बाटो लाग्यौं। माझिदाइ, हामी तपाईंको सद्भाव र अतिथी सत्कार प्रती सदैव ऋणी हुनेछौं।

र पोखरा बिमानस्थल हुँदै हामी थोरै बेरलाई डेभिस फल र गुप्तेस्वर फुफा पुगथ्यौं। शहरको सुदुर दक्षिण किनरा होला त्यो। फेवाको पानी त्यो डेभिस फल हुंदै बहिर निस्केको हुनुपर्छ। सेतो छंग छंग छहरो। तल अनकन्टारतर्फ हुर्रिएको। अफसोस हामीलाई त्यो अतुलनिय प्राकृतिक छटा प्रती मितेरी गांस्न धेरै समय उपलब्ध भएन। पारी गुम्बा माथिको डाँडाबाट सुर्य ओझेल पेरिसकेथे। तेसैले हामी सिधा पोखरा बसपार्क तर्फ बताससियौं, मनमा अमिट याद र संझना बोकेर। अर्को एउटा मिनीबस हामीलाई बोकेरा सेती किनार तर्फ हुइकियो र मेरो सुन्दर पोखरा यात्रा सानो नोट बुकमा कैदी भयो। यो एउटा त्यस्तो यात्रा थियो, जहाँ म जीवनमा पहिलो र शायद अन्तिम पटका खेलाडीको रुपमा सम्मनित थिएं। अभुतपुर्व र अबिस्मराणिय अनुभुतीहरु जीवन पर्यन्त रही रहनेछन।

अस्तु।

Friday, February 15, 2008

पोखरा: मेरो सुन्दर यात्रामा - ६

होटल फर्किएपछि एकैछिन महेन्द्रपुलबाट तल भास्सिएकी सेतीलाई हेर्न गएथ्यौं। कसरी भास्सिएकी छिन सेती? तेती गहिराइमा। हेर्न पनि कहाली लागेर आउने। २-४ थप तस्बिरहरु खिचिए। यि यात्राहरुमा निक्कै समय यिनै तस्बिरहरु खिच्नमा पनि बित्छन। जीवन कहिलेई बर्तमान सम्पूर्णत: जिउन सक्दैन र भबिस्य तिर फर्कन्छ। किन तत्काल भन्दा तस्बिरमा उतारिएको अवास्तबिक भुत बढी रसिलो बन्ने होला?

त्यो रात खाना खानु अगाडि साथीहरुले २-४ बोतल सान्मिगेल र २-४ क्वाटर ब्याक पाइपर सकाए। दर्पण र म चिसो पेय पदार्थमा अल्मल्लिरह्यौं। खाना खानेबेला सम्ममा धेरैहरु लर्बराइसकेका थिए। बोली पनि र खुट्टा पनि। नसाले बातावरण पनि नसिलो बनाइदिदै गयो। होटलका सेविकाहरु जिस्काइए - कामुक पारामा। उनिहरु शायद विवस छन, जीवन गोरेटोलाई यिनै पिडादायक सांझहरुसंग साटिरहन। हाम्रो समुह पनि उहिहरुका लागि आप्ठ्यारा ग्राहक मध्यको एक भयो होला। तथापी हामी १-२ नशामा नभएकाहरु पनि भएकोले स्थिती अनियन्त्रित हुन पाएन। म घोत्लिन्छु, हाम्रा चेलीहरु कसरी पिल्सिरहेछन। देशमा र बिदेशमा पनि। आफ्नो अस्मिता, इच्छा र चाहनाहरुलाई बन्धी बनाएर। २ मुठ्ठी सासका लागि। आफ्नो मात्र पनि हैन, धेरै पारीवेसहरुमा, आफ्नो परिवारको लागि पनि। अझ बेचिएका र बिवसतावस कोठी पुगेका नारीहरुका पिडाहरु त संझदा पनि मन अमिलो भएर आउंछ।

भोलिपल्ट बिहानै पुन: पि एन क्याम्पस पुगियो। पश्चिमाञ्चल क्यम्पसका बहिनिहरुको पनि खेल रहेछ। राइ, म र दर्पण केटाहरुको खेल हेर्न तिर लाग्यौं। अरुहरु सबै केटीहरुको तिर लागे। हिजो राती प्रेरित उपाध्याय र अरु २-३ जना पनि आइपुगेथे। प्रेरित एउटा हौवा character. उसको दिनचर्या नै केटीहरु जिस्क्याउनु हो भन्न मलाई कुनै अप्ठेरो पर्दैन। उनिहरु निर्देसित आँखाहरु लिएर केटीहरुका भिडभाडामा बिलाए। बहिनिहरुको खेल कस्तो रहेछ त भन्ने उत्सुकताले हामीलाई पनि त्यता डोर्यायो, एकैछिन। मिनभवन क्याम्पससंग परेको रहेछ। हिजो हाम्रो जस्तै नाजुक स्थितिमा थिए उहिहरु। म हिजोको हिरो जर्सी नम्बर ९ को खेल हेर्न बहुतै लालायित थिएं। तर बहिनिहरुको खेल ९ बजेनै सकियो र साथीहरुले अर्को एक डेड घण्टा कुर्ने कुनै जाँगर देखाएनन। अनी हामी इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्यम्पस घुम्न भनेर भाई बहिनिहरुका पछि लाग्यौं।

Friday, February 8, 2008

पोखरा: मेरो सुन्दर यात्रामा - ५

भोलिपल्ट सखारै PN क्याम्पस तिर लागियो। १०:३० मा पहिलो खेल थियो, ताहाचल क्याम्पस संग। एक्छिन practice गरियो। हामी राम्ररी finguring गर्न पनि नजान्नेहारु राष्ट्रिय स्तरका खेलाडिले भरिएको ससक्त प्रतिद्वन्दी संग पौंठेजोरी खेलिरहेछौं। लाजमर्दो छ हाम्रो स्थिती। तर चित्त बुझाहुने एउटा बाटो छ। वा आँफै संग माफि माग्ने एउटा संकिर्ण सोचाइ छ; हामी इन्जिनियरिंगका विद्यार्थी, पढ्न जान्दछौं, खेल्न जान्दैनौं। उफ्; कसैले तपाईं भनोस नभनोस आँफै मपाइं। कुरै न हो - हामीलाई खेलिरहन फुर्सद हुँदैन। अरुहरुले पनि IOE को भनेपछि शाहनुभुती दिन्छन, सम्मान त कुन्नी के लाई दिने हो र। शायद तेसैले पनि मलाई कुनै फिक्री छैन, हाम्रो प्रस्तुती कस्तो होला भनेर।
हामीहरु सबै underhand भल्थ्यौं। अरु कुनै पनि टोलिमा त्यस्तो खेलाडी देखिन्नथे जो underhand service गरुन्। केटीहरु पनि उफ्री उफ्री overhand rolling service गर्थे। second court बाटै पनि कस्सेर सट हान्ने केटीहरु देख्दा लाग्थ्यो हामी त उनिहरु संग पनि भिड्न सक्दैनौं। पहिलो खेल सुरु भयो। खेलको स्तरको कुनै कुरा गर्नु लज्जास्पद थियो, उनिहरुका धेरै त service पनि उठाउन सकेनौँ हामीले। मैले नै २-४ receive हरु बिगारें। कस्तो नमज्जा लाग्यो। चित्त बुझाउने प्रयास गरें - कहिलेइ practice छैन। फन फनि घुम्दै आउंछ भकुन्डो, कसरी उठोस् ठीक ठाउंमा? राइले पनि कुनै राम्रा प्रहार गर्न सकेन। अरु सबैको पनि ताल उस्तै थियो। दर्पण ले अलिकता इज्जत राख्यो। बस। तथापी TT को जस्तो गणना प्रणालिले सहयोग गर्‍यो र ११ नम्बर ल्याउन सफल भयौं। जित्ने त कुनै संभावना नै थिएन।
अर्को बिजोग को स्थिती थियो एउटा मात्रै अतिरिक्त खेलाडी र एउटा मात्रै सहयोगी। सम्पूर्ण पर हाम्रा लुगा कुरेर बस्थ्यो र प्रेरित हाम्रो पक्षमा हुटिंग गर्थे, बस। २-४ तस्बिरहरु खिचिए र हाम्रो पोखरा भ्रमणको उदेश्य पुरा हुँदै गयो। पहिलो खेल सकेर महेन्द्र पुल पुगियो। होटेल कैलाशमा २ वटा कोठाहरु निर्धारण गरिए। हिजोको भन्दा राम्रो थियो यो होटल। उसरिनै खाटहरु जोडीए र आ-आफ्ना स्थान रोजिए। भोकले पेलिरहेथ्यो। खाना अधिक मिठो लाग्यो। भोक र भोजन दुबै मिलेपछी यस्तै हुन्छ। युद्ध जित्ने आशा छैन, तै पनि भाग्नु भएन। पुन: रणभुमि फर्कीइयो। २-४ अरु हरुका खेलहरु हेरियो। मन कहिल्यै नभर्ने थिए प्रदर्शनहरु। सबै भन्दा उत्क्रिस्ठ प्रदर्सन एक्जना तराइतिरको खेलाडिको थियो; जर्सी नम्बर ९; रारा क्याम्पस; बिरगन्ज। मैले हेरुन्जेल उस्का कुनै पनि सटहरु खेर गएनन। एउटा देब्रे सट त प्रतिद्वन्दीको छातीमा ढल्नेगरी लागेथ्यो। यती चुस्त, तेज र स्पस्ठ प्रहार गर्त्यो उ कि हेर्दा हेर्दै सबै भिड उस्को फ्यान बन्यो। र पोखराको यो खेलकुद महोत्सब यसर्थ पनि महत्वपूर्ण लाग्यो कि सबै कोर्टहरुमा दर्सकहरु खचाखच थिए। यसरी हाजारौं दर्सक हरुले भलिबल हेरेको मैले कहिल्यै देखेको थिन।
३ बजेतिर हाम्रो अर्को खेल सुरु भयो। प्रतिद्वन्दी इन्जिनियरिङ्ग अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस। आफ्नै भाई कलेज जस्तो; आफ्नै मान्छेहरु संग खेलिरहेझैं। अफसोस, खेलको स्थिति हामीले सोचे भन्दा बिल्कुल भिन्न रह्यो। उनिहरु त ताहाचल क्याम्पसका भन्दा कडा निस्किए। खचाखच भरिएका भाई बहिनिहरुले हामीलाई जिस्क्याइ रहे। संगै सहानुभुती पनि पस्किरहे। हामीले हाम्रा जर्सीहरुमा नाम पनि लेखेका थियौं। उनिहरुलाई सजिलो भएछ जिस्क्याउन। "'सुर न ताल' दाई पछाडि फर्केर सर्भिस गर्नुस्न", झटारो हान्दै थिन एउटी नारी स्वर। धेरै तेस्ता नारी स्वरहरुले हाम्रो समर्थन पनि गरिरहे - खेलभरी; शायद सहानुभुतीको समर्थन। र अर्को कुरा के पनि अनुभभ भयो कि उनिहरु हाम्लाई आदर-सत्कार गर्छन्, उनिहरुका दाइहरु जस्तै। इन्जिनियरिङ्ग पढ्दाको यो दाजु भाईको साईनो र संगै आउने आत्मियता साच्चै अतुलनिय थियो, जीवनभर। म भन्दा अगाडिकाहरुलाई म जहिले पनि दाई वा दिदीको रुपमा सम्मान गरिरहन्छु, र म पछीकाहरुले तेही सत्कार दिइरहेको पांउछु, सदैब। PN क्याम्पस बाट बहिर गेटमा आइपुग्दा धेरै उनै भाई बहिनीहरु हामी संगै थिए। मेरो ब्यक्तिगत चिनजानको कोही थिएन त्यो क्याम्पसमा। उसै २-४ सामान्य चिनजानहरु भए। उनिहरुको बस न-आउन्जेल हामी पनि तेहीं भुलिरह्यौं। रमाइला कुराकानी संगै।
र यो दिनभरको PN क्याम्पस प्रांगणले एउटा पातलो आकृतिलाई नजिक्याइरह्यो। मनभरि। सबै रंगिचंगी पहिरनहरुको बिचमा यता उता गरिरहेको त्यो सेफद कुर्ता सलवार र गोरो गोलो अनुहारले दिनभर नै मेरा अंखा तानिरह्यो। म उन्कै पछि पछि त लागिन, तर जब जब उनी मेरो नजरको पारीधी भित्र हुन्थिन, अंखाहरु उन्को चेहरामा डुबुल्कि मारिरहन्थे। उनी भिन्न थिइन, पहिरनमा र नै मेरा नजरहरु अड्किएका हुनुपर्छ, उनिमा। तर जब नजर अड्किदै जान थाल्यो - तब त्यो साधा सेतो कुर्ता सलवारमा उनी खुलिरहेकी चन्द्रमा जस्तै उज्जेल्लिदै गइन। उनी तिनै भाई बहिनिहरुको भिड्मै थिइन। तर अरु धेरै जस्तो uniform मा थिए। उनी भिन्न। उनिहरु बस कुरिरहे। म नजर घुमाइरहें, उनी र उन्को ४ जनाको समुहतर्फ। हामी पनि उनिहरुको क्याम्पस घुम्न जान हिंडेका थियौं। उनी संग परिचय को कुनै मौका पर्ला कि भन्ने अर्को सुन्दर सपना पनि बुनिदै थियो। बिचैमा नाइकेहरुले भोलिमात्रै भाईबहिनीहरुको क्याम्पस जाने भनेर ट्याक्सी पक्डिए। सपना बुनिदा बुनिदै टुट्यो। उन्को हसिलो मुहार र त्यो सेफद कुर्ता सलवरको आकृतिलाई तेही छाडेर आफ्नो बाटो समाउन बिबस भए। ट्याक्सी हिड्दा धेरै केटा केटीहरुले हात हल्लाएर हामीलाई बिदा गरे। तर उन्का हातहरु उसै झुन्डिरहे। हाम्रो ट्याक्सी घुमेर उनीहरु छेउ हुँदै हुइकियो, उनी आफ्नै धुनमा लिन थिएन, हाम्रो प्रस्थानले उनमा कुनै अनुभुती छाडेन। म के नै गर्न सक्थेंर, सम्झनाको सानो फिलिङो ईतिहासतर्फ धकेल्न बाहेक। जीवन यस्तै हो, क्षणभरमा कोही जानी नजानी रंगिन सपनाहरु भरिदिन्छ र अनायसै सपना जस्तै बिलाएर जान्छ, पुन: कहिल्यै नझुल्किने गरी।

Friday, January 18, 2008

पोखरा: मेरो सुन्दर यात्रामा - ४

टाउकोले बसको सिलिंग ठोकेपछि झल्यास्स भएं। बस दौडिरा हो कि भ्यागुतो जस्तो उफ्रिरा हो भन्नै गारो। ७:२५ भएछ। लेखनाथ न. पा.। बाटो भत्किएर लथालिंग रहेछ। यात्राको त्यो एटम अचाक्लि कठिन थियो। तर धेरैबेर त्यो टिकिरहेन र हाम्रो मिनिबस पोखरा बस पार्कमा रोकियो।

------------------------------------
भन्छन् कोहि जिन्दगि यो कर्कलाको पानि जस्तै हो
कोहि भन्छन् जिन्दगी यो डुबि जाने घाम जस्तै हो
म त भन्छु स्रिस्ठिकै अमुल्य उपहार
मानिसको जुनि झै के छ र बराबर
बाचुन्जेल गरौं रमाइलो
हास्तै खेल्दै गरौं रमाइलो

आएका थ्यौं खालि हात जान्छौं नि खाली
बाचुन्जेल आउ न नाचौं रिस राग फालि
दुइ वचन मिठो बोलिदेउ
मिठो बोलि बोल्दैमा के नै हाम्रो जान्छ र
मै हुं भन्ने मान्छेले पनि खै के लान्छ र
बाचुन्जेल गरौं रमाइलो
हास्तै खेल्दै गरौं रमाइलो।

प्रिस्ठभुमिमा कुन्ति मोक्तानका यि सुमधुर भाकाहरु गुन्जिरहेछन्, रेडियो सगरमाथामा। कति गहकिला सब्दहरु! म यि पानाहरुमा अलमलिएको छु।

हो म पनि नाच्न चाहन्छु, गाउन चाहन्छु, मादल घन्काएर वातावरण उमंगित बनाउन चाहन्छु; मेरो यो पोखरा यात्रामा। तर मेरा यि चाहनाहरु पुरा हुने संभवना क्षिण छ। म त्यस्तो माहोलमा आफुलाइ पाइरहेको छु जो नाचगान भन्दा अरु नै केहि रुचाउंछ।

बसबाट ओर्लेकै थिएनौं हामी। बिभिन्न होटलका एजेन्टहरु यता र उता भन्दै तान्न आइपुगे - मेरो होटल र तेरो होटल। मलाइ यस्ता पलहरु बहुत तिता लाग्छन्। कस्को पछि लाग्ने? र मलाइ यस्तो पेशा सबै भन्दा घ्रिणित लाग्छ जहाँ कसैको सामुन्य नै उस्को वा उन्को बिरोध गर्नु परोस्। प्रतिद्वन्दिको घटिया पनको बनावटि बिरोध।

बाँच्नु छ, तेसैले केहि गर्नु पर्छ। सायद तेसैले सबै मान्छे केहि न केहि गर्छन्; कोहि चोरि गर्छन्, कोहि दान; तथाकथित पाप वा धर्महरु। धेरै पटक मरेर जिउन बाध्य छ यो जिन्दगी। कति सपनाहरु मरिरहन्छन्। कति इच्छा - आकंक्षाहरु मरिरहन्छन्। कति रहर अनि चाहानाहरु मरिरहन्छन्। कति आशा र अभिलाशाहरु मरिरहन्छन्। कति लक्ष तथा उदेश्यहरु मरिरहन्छन्। कति भवनाहरु, मनहरु र मुटुहरु मरिरहन्छन्। तै पनि तन प्रतिको लालशा बांच्न खोजिरहन्छ। सयौं आत्मसम्मानहरु, इमानहरु, नैतिकताहरु, अपनत्वहरु र आत्मिय साथहरुको मृत्‍यु सहंदै पनि यो शरिर बाँच्न चाहन्छ। बिवस। खै के को लोभ हो यो; जहाँ सम्पुर्णत प्राक्रितिक अहं र गर्भहरुलाई सेलाएर एउटा मुढो जिन्दगीको मृत्‍युसंग सदैव डराइरहन्छु म, तिमि, उनि र संसार। तेसैले त ति होटलका एजेन्टहरु हाम्लाई पाखुरामा समाएर भनिरहेछन् - "मेरोमा आउनुस हजुर्। उस्को होटल भन्दा मेरो धेरै उत्क्रिठ छ।" र तेहिं अर्को पाखुरामा झुन्डिएको अर्को एजेन्ट भनिरहेछ, "तेस्को कुरा नपत्यानुस् सर। आउनुस् एकपटक कोठा त हेर्नुस्। आफै थाहा पाइहाल्नु हुन्छ नि।"

हाम्रो टोलिका अगुवाहरुले प्रजातन्त्र प्रयोग गर्ने भए। सबैका होटलहरु अवलोकन गरिने भए। भाउ र तेस्मा आउने सुभिधाहरु तुलना गरिने भए र मात्रै निर्णय लिइने भयो। पछुवाहरु तेहिं उभिनु पर्ने भयो: पोखर प्रिथ्भि चोक। के गरौं के गरौं भै राथ्यो। आफुलाइ डाएरि लेख्नु पर्ने, सम्झें डाएरि हाल्न भुलेको छु। नजिकै को खुद्रा पसल पुगें र एउटा सानो कापि किनें; रु. ५। र एउटा कालो लेख्ने मोनामी डटपेन पनि; रु. ४। किन किन मलाइ सधै कालो मसि मन पर्यो; बिध्यालय महाबिध्यालयहरुमा। सायद म कालोपनमा घुल्न चाहन्छु, ताकि जिवन गोरेटोका अन्धकारहरु आत्मिय मित्र बन्न सकुन्।

टोलिका माउतेहरु फर्किए। राम्रो ठहरिएको होटल छानिएछ। दरवार होटल, या नि Hotel Palace. कसरि कस्तो अवलोक गरियो, थाहा छैन। तुलनाको कस्तो जोड घटाउ भयो, त्यो पनि बुझ्या छैन। बुझ्नु जरुरि पनि थिएन। होटल प्रिथ्भि चोकैमा थियो। हिड्नु परेन, थाकेझैं भैराथ्यो, तेहि राम्रो भो। २ वटा कोठाहरु; ८ जना तोरि लाहुरेहरु। पछाडि भिरेका झोलाहरु फ्यालिए, एउटा कुना तिर, र खाटहरु जोडिए। थप सिरक र सिरानिहरु मगाइए। र सामुहिक ओछ्यान् तयार भयो। कस्को कुन स्थान हो भनेर छिनिफानो चाहि भएकै थिएन। आफुले आफ्नो पैसे थैलो सबै भन्दा छेउको सिरानि मुनि घुसारेर त्यो स्थान मेरो हो भन्ने सो-घोसणा गरें। हेरौँ कोहि बिरोधि आउने हुन् कि हैनन!

होटल एउटा लामो कटेरो जस्तो आकारको थियो। दुइतले कटेरो। माथिल्लो तल्लामा पुर्व फर्किएको एउटा लामो वार्दलि थियो र तेसैमा लहरै जोडिएका थिए हाम्रा र अरुहरुका कोठाहरु। वार्दलिमा अरु कोठाकाहरु पनि हुलाम् हुल देखिए। परिचय हुदै गयो। तेहि अन्तर क्याम्पस भलिवल खेल्न आएकाहरु पनि रहेछन् तेहाँ। दांगको महेन्द्र बहुमुखि क्याम्पसका केटाहरु र महेन्द्र मोरंगका केटा-केटिहरु। उनिहरु सबैले आजै भिडिसके रे, १-१ गेम। तालिका हेरियो। हाम्रा भोलि बिहानै रहेछन्, २ वटै गेमहरु। हामि हास्यौं - टोलिका बाँकि सदस्यहरु न-आइपुग्दै हामि हारिसकेका हुने भयौं। जित्ने त कुनै अभिलाशा पनि थिएन, सामर्थ्य पनि। हामि जित्नलाई पोखरा गएका पनि हैनौं, खालि सहभागिता जनाउनलाई। Motivations अरु पनि थिए। सरकारि पैसामा प्रतियोगिता हेर्ने र सहर घुम्ने। तैपनि अलिक कम्जोर प्रतिद्वन्दि परे सम्मानजनक हार को आशा पनि थियो। अफसोस्, पहिलो खेल नै ससक्त ताहाचल क्याम्पस संग परेछ। उफ्। धोबि चुटाइ खाइने भो। दोस्रो खेल भने हाम्रै इन्जिनियरिङ अध्ययन संसथानको पस्चिमान्चल क्याम्पससंग परेछ। अलिकता आस लाग्दो। पहिलो त दाजु भाइ जस्तै लाग्ने, दोस्रो धेरै overseer हरु मात्रै पढ्ने र अरु साधारण क्याम्पसमा जस्तो खेलाडि किन्न नमिल्ने भएकोले उनिहरुको टोलि संग अलेलि पौंठेजोरि खेल्न सकिएला कि झैं। एउटा अनुमान् मात्र।

पोखरा सोचे भन्दा न्यानो थियो, माघको दिनमा पनि। Hotel Palace संगको त्यो रात स्मरणिय थियो। बेलुकि आँखा जुधेका पुर्बेली अनुहारहरु र बिहान झिस्मिसेमै सुनिएका सुरिला स्वरहरु।

"त्यो रातो माटो
जौं अव घर नि लै लै घिर्लिङ को बाटो"

"हा हा वारि जमुनापारि जमुना
जमुनाको फेदैमा मनकामना"

मलाइ रहर थियो - उनिहरुका यि सुमधुर भाकाहरुसंगौ आफ्नो स्वर पनि मिसाउने। तर म असमर्थ रहें। उसै त लोक भाका भनेपछि हुरुक्क हुने मान्छे, त्यसमाथि पश्चिम पुगेर सुनिएका गाउंघरतिरकै स्वर तथा भाकाहरु - म रोमान्चित थिएं। तथापि नौलो परिवेस र नौलो ठाउं, आफुलाइ त्यति सहज बनाउन सकिनं। मलाई सोधौं सोधौं पनि लागिरहेथ्यो - कोहि भोजपुरे स्वर पनि सामेल थियो कि ति भाकाहरुमा भनेर। कुनै मौकै परेन। वा मैले मौका कुरिरहनु नै अनुपर्युक्त थियो। सायद मेरा आफ्नै मर्यादाहरुले मेरो रोमान्चकताप्रति प्रहार गरिरहे। र म सिर्फ सुनिरहें। उठेर वार्दलिमा ओर्लन सकिनं। सोचेथेँ अर्को सांझ पक्कै कुनै उपर्युक्त वातवरण तयार होला, जहाँ यि जम्काभेटमा परेका पुर्बेलिहरुसंग सानोतिनो भलाकुसरि गर्न सकियोस् र २-४ लोक भाकाहरुमा रम्न सकियोस्। अफसोस् - माउतेहरुले तेहि बिहान होटेल छाडिदिए र म उनिहरुकै पछि लाग्न बिवस थिएं।

................................................

Saturday, January 12, 2008

पोखरा: मेरो सुन्दर यात्रामा - ३

पोखरा: मेरो सुन्दर यात्रामा - ३
----------------------------

यो बिचमा तेस्रो बर्षको दर्पण कार्की संग नजिकको घुलमेल भयो। उ अनुहारमा अलेली कालो देखिन्छ, तर दिलको बहुत सफेद; शान्त, सौभ्र, गम्भिर तर सरल पनि, र एकदम सहयोगी। अरु त प्राय नजिकैबाट चिनेकाहरु नै थिए।

मेरो लंगडो घडीको सुइ घुमी नै रह्यो र हामीलाई पेटमा राखेर हाम्रो मिनिवस पनि उसरिनै दौडिरह्यो। नारायणी तरेर आँवु खैरेनी तिर हुंकिदै गर्दाको यो भु-बनावट तुलनात्मक हिसाबले नौलो छ। जम्मामा दुइपटक नापेको हुंला मुंग्लिङ पोखरा खन्ड। पहिलो रात्री बस थियो; कास्की नौडडा तिर लागेको, तरुनो र उत्साहित एउटा नयाँ overseer बोकेर। अर्को दिवा बस थियो, उत्साह जती उतै बेचेर फर्किरहेको बुढो Overseer लाई राजधानी धकेलिरहेको। गोर्खा तर्फ छुट्टिने दोवाटो नगिचै पुगेपछी बस रोकियो। चौकी जांच छरे। संकटकालको। वसवाट ओरालियो। बस हामीलाई छोडेर डेड दुई सय मिटर पर पुगेर रोकियो। अगाडिकाहरु हिंड्न थाले। म उनिहरुको पछि पछि लागें। जांच होला भन्यो - भएन। अव त होला भन्यो - भएन। आखिर बस सम्म पुगियो र चढियो। कसैले १ शब्द केही सोधेन। मैले कौतुहलता राखें "खै चेक?" अनि पो थाहा लाग्यो तेही पैदल यात्रा नै checking रहेछ। सैनिकहरुले ब्यक्तिको हिडाइवाट पत्ता लगाउंछन रे; कोही Military training लिएको सैनिक वा छापामार हो कि होइन भनेर। वाउ, रमाईलै भो। कोही भुस्तिग्रे ब्याराके आएर यो गर र उ गर यता फर्कि र उता फर्कि भन्दै लछार पछार नगरिकनै पनि सैनिक जाँच हुने रहेछ; त भैगो।

र पुन: हुंइकियो हाम्रो मिनिबस - गाउँनै गाउँ तर्फ। मलाइ यस्तै यात्राहरु सबैभन्दा रमाइला लाग्छन्। दायाँ बायाँ हल्का भिरालाहरुमा सुन्दर गाउँहरु, खेत र मकैवारिहरु, हरिया चौरहरु र बिचै बिचै चिप्लिएको चिल्लो सडक। कति सुन्दर थियो तनहुको त्यो पाटो। बस दमौलितर्फ दौडिरहेथ्यो र हाम्रा साथिहरु बसमा चुट्किलाहरु दौड्याइरहेथे। धेरैजसो so called non-veg joke हरु। मलाइ गारो यसर्थ हुन्छ यि यात्राहरुमा कि अधिकांस केटाहरु जो संग मेरो सहयात्रा रह्यो - उ drinks गर्छ र अस्लिलता जोडिएका joke हरु भन्छ। यस अर्थमा म जहिले पनि एक्लै पर्छु।

यहांनिर पनि केटाहरु अस्लिल जोकहरु सुरु गरिरहेछन्। सबैलाइ स्वतन्त्रता छ: आ-आफ्नो तवरको रमाइलो गर्न। मलाइ केहि आपत्ति हैन, कस्ले कस्तो जोकहरु भनिरहेछ संग। म प्रायस स्रोता हुं, सुनिदिन्छु। भैगो। तर आपत्ति यस मानेमा भै रहन्छ कि आफ्नो स्वतन्त्रताको प्रयोग सदैव नै अरुको स्वतन्त्रतामाथि दख्खल पुग्ने गरि उपयोग गर्छन्, यि मेरा सहयात्रिहरु। किन कहिल्यै यि तरुनाहरुको भिड यो ख्याल गर्दैन कि आफ्नो क्रियाकलापले अरुहरु कसरि पिल्सिरहेछन्। तेहि बसमा धेरै छोरिमान्छेहरु पनि यात्रा गरिरहेछन्; जहाँ यि मेरा उरन्ठेउले सहयात्रिहरु ठुलो ठुलो स्वरमा अस्लिल संवाद र चुट्किलाहरु गरिरहेछन्। कोहि दिदिबहिनिहरु दाजुभाइ संग होलान्, कोहि बा-आमा संग; उहिहरुलाइ कति उकुस्मुकुस बनिरहेको होला यो यात्रा, यो फोहोरि वातावरण। अफसोस, म मौन छु। किन केहि भन्न सकिरहेको छैन कसैलाई? सायद बहुमत उहिहरुकै थियो र मैले एक्लो ब्रिहस्पति बन्ने प्रयास गरिन।

र मेरा यि निरिहपनहरु सदैव बिझाइ रहन्छन्, यस्ता यात्रहरुमा। तर यो र यस्तै एक्लोपनाहरुलाई, यो पटक भने जहां जहां आवस्यकता पर्थ्यो; दर्पणले कार्कीले हटाइदिन्थ्यो। उ drinks गर्दैन - म संगै; उ चुरोट पिउदैन - म संगै; उ अस्लिल जोकहरु गर्दैन - म संगै; उ तरुनिहरुलाई छेड्छाड् गर्दैन - म संगै। सायद अरुहरुको नजरमा हामि असामयिक थियौं। वा हामिले समय र उमेर बिचको तालमेल बिर्सेका थियौं। तर हाम्रा आफ्नै सिद्धान्तहरु थिए, जिवन र जगत प्रतिका। र कम्तिमा म (किनकि दर्पण को बारेमा त म केहि भन्न सक्दिन) खुसि थिएं र छु, मेरा आफ्नै तौर तरिकाहरुमा। अफसोस्, मैले उस्लाइ सधै साथ दिन सकिन। म मेरिजतिर लाग्थें - प्रत्यक सांझहरुमा र उ बिछ्यौनातर्फ मोडिन्थ्यो मेरिजका खालहरु छाडेर।

"कता हराइ रहनु भएको सुर् न ताल् जि" दलबिरले आफ्नो मौलिकपन कायमै राख्यो। उ सुतिरहेकै मानेथें, कतिबेला ब्युझिएछ। य हो त म त हराएछु, स्म्रितिपटलमा। "हैन तेहि मोरो कठमान्डु घुमिरहन्छ नि, जता गएपनि।" सायद सत्य नै बोलेको हुंला। उस्ले पत्याएन र मैले आफैंले नसुनेको, नदेखेको र नसोचेको आक्रितितिर इंकित गर्यो, "हो कि झ्याल कुमारी तिर हराएको हो?"। के उत्तर दिने सोच्दैथें; उ पुन: तन्द्रा तिर फर्किसकेछ। कस्तो २८६ (Predecessor of Pentium Processors) जस्तो गिदि मेरो, जहिले पनि ढिला चल्ने? अनायस कुनै रोमान्चकताको बर्षा भएझैं। हैन को होलि त्यो झ्याल कुमारि? कोहि त पक्कै होलि, कहिं कतै। तर किन झ्याल कुमारिनै। के उस्को घरमा झ्याल नहुन सक्दैन? उफ्फ्। My stupidity।

राति ७ बजिसकेको रहेछ। डुम्रे पुगेको हुनुपर्छ। मलाइ पहिलो पोखरा भ्रमणबाट फर्किँदाको दिवा बस यात्रा संझना भैरहेछ। पोखराबाट निस्किने बेलामा देखिएको सेतिको गल्छि, नागबेलि सडकको वारि पारि पोक्चा पोक्चि थुम्काहरु, हरिया झाडिहरु; कति रमाइलो द्रिश्य थियो, लेखनाथ नगरपालिका र डुम्रे बिचको। आज त संसार पुरै अंध्यारो छ। क्षितिजका पहाडहरु पनि देखिन छाडिसके। मलाइ त्यो मनमोहकता मिस् भइरहेछ। म सांघुरिएको छु, सानो टुक्रो संसारमा, यहि मिनिबस। कता कता आँखा लोलाएझै भएका रहेछन्। एक्कसि चर्को स्वर गुन्जिएको छ, बहिर। "धोकेवाजहरुलाइ मर्न पनि पर्दैन कि कसो। यिनिहरुले त नर्कमा पनि ठाउ नपाउलान्। ...." के भेछ कुन्नि? कस्ले कस्लाइ कसरि धोका दियो त? कराउने मान्छे अधबैसे अधबैसे सुनिन्छ। हाम्रो पनि बस रोकिएको छ। झ्याल खोलें। एउटा ३५-४० को मान्छे, एउटि ७०-७५ कि बुढि आमै, एउटि ३०-३२ कि अधबैंसे आइमाइ, एउटि २०-२२ कि युवति, २ जना स-साना बालिकाहरु। तुरुन्त दिमागमा एउटा चित्र तयार भयो। धार्दिङ तिरका किसानहरुको एउटा परिवार पोखरातिर कोहि आफन्तलाइ भेट्न निस्केको हुंदोहो। बुढा बाउ खसिसकेका हुंदा हुन। जेठि बहिनिलाइ कोहि ट्रक ड्राइभरले उडाएको हुंदो हो। माइलो भाइ पोखरा तिर हवल्दार हुंदोहो। कान्छो भाइ घरमा बस्तु भाउ गर्न बसेको होला। बुढि आमा, धर्म पत्नि, कान्छि बहिनि र २ वटि छोरिहरु संगै माइलो भाइलाइ पनि भेट्ने र सहर पनि घुम्ने अभिलाशामा निस्केको हुंदोहो, त्यो अधबैंसे मान्छे। अफसोस्, मुंग्लिङमा चडेको उनिहरुको त्यो सरल परिवारलाई पोखरा पुर्याउन दौडिएको बसले डुम्रेमै अलपत्र छाडिदिएछ। सायद उनिहरुको बसमा त्यो परिवार बाहेक अरु कोहि बांकि भएनन् होला त्यहा आइपुग्दा र सोझा देखेर ड्राइभरले बस यहा बाट अगाडि जांदैन भन्दै ओरालेर थकाल्नीको भट्टि पसलतिर मोडियो होला।

हो यस्तै धोकाहरुबिच चिप्लन बाध्य छ यात्रा। बिस्वास नगरेपनि यात्रा चल्दैन। गरेपनि जहांतहिं आफ्ना स्वर्थका लागि सोच्नै नसकिने धोकाहरुले पिरोलिरहन्छ। म चाहन्छु कसैको बिस्वास नगरूँ, अबिस्वास पनि। तिमि जो हौ, तिमिलाइ पनि म बिस्वास नगर्न चाहन्छु। तर के यो संभभ होला? के आधा भन्दा भढि जिन्दगिको प्रस्तावित सहयात्रा बिस्वास बेगर संभव होला? जे होस्, म तिमि जो हौ, तिमिलाइ अविस्वास चाहिं पक्कै गर्न सक्दिन। विस्वासका बारेमा चाहिं उमेरले कुनै पाठ सिकाउदै जाला भन्ढानेको छु।

.................

Monday, January 7, 2008

पोखरा: मेरो सुन्दर यात्रामा - २

पोखरा: मेरो सुन्दर यात्रामा - २
...............................................
जिवन यात्रा हो। कुनै अतिसयोक्ति छैन। अतिसयोक्ति यस मानेमा छ कि चाहेको गोरेटो सधै भेटिदैन। चाहेको रफ्तार सधै मिल्दैन। चाहेको साथ सधै मिल्दैन। चाहेको जिवन सबैलाइ मिल्दैन। अझ यसो होला; चाहेको जिवन कसैलाइ मिल्दैन। त्यहि वास्तबिकताले पोलिरहेको छ। गएका सुनौला ३ दिनहरु अव म संग छैनन्। गएका ३ दिनहरुका चलायमानताहरु म संग अव बाकि छैनन्। पुन: त्यस्तै अवसरहरु आउलान् न-आउलान्, तर यो एउटा याद बनेर जिवन इतिहास कोरिएको छ। म मेरो तेहि यात्रा बिवरण उतार्ने जमर्को गरिरहेको छु। आफ्नो इतिहास लेखिरहेछु। अरुहरुका लागि। सायद हामी जे लेख्छौं, आफ्नो अनुभव् अरुको भन्दा श्रेयस्कर छ भनेर प्रमाणित गर्ने जमर्को हो। तेसैले म जे लेख्ने प्रयास् गरिरहेछु, सायद् भन्न खोजिरहेछु कि मेरो पोखरा भ्रमण अरुको भन्दा अलग थियो। सुन्दर थियो। रोमान्चक थियो। उल्लास र खुसिले भरिएको; एउटा उत्क्रिस्ठ यात्रा थियो। वास्तवमा यि हरफहरु पढिरहने जो कोहि पोखरा यात्रामा गएको छ। र त्यो जो कोहि को अनुभव मेरो भन्दा कम्सल कदाचित होओइन। तर पनि म किन चाहिरहेछु, यो लेखौं? थाहा छ मेरो अनुभव अरु कोहि तथकथित अनुभव भन्दा कुनै अर्थमा श्रेयस्कर छैन। तै पनि किन म सुर् न तालका सब्दहरु जोडेरा काहानिहरु बुनिरहेछु? किन म जिउनु को सट्टा समयको यो सानो टुक्रालाइ इतिहास लेख्नमा खर्चि रहेछु? यत्राको त्यो समय म मेरो अर्थको सुन्दरता जिए। सकियो। याद मनमा हुने हो, छदै छ। मलाइ किन अक्षरहरु संग यो मोह? के छ यि सब्दहरुमा जो सदैब घोचिरहन्छन। यो लेखौं। उ लेखौं। आफुमा जे छ त्यो देखाउन लाएक हैन भन्ने जान्दा जान्दै पनि किन मन आफ्नो हठ छाड्दैन र यो unicode खुलि रहन्छ? यि यावद प्रष्नहरुको तगारो तेर्सिरहेकै भए पनि म थामिन सक्दिन र आफ्ना वाइयत दिन चर्या हरु ओकलि रहन्छु।

छेवै को अर्को सिटमा दल बिर राइ छ, मस्त निद्रामा। म आफ्नो मन मिटर घुमाइरहेछु, तेति पुराना नभैसकेका बिगतहरु तर्फ। करिब् २ महिना अगाडि होला, संगम बस्यालले सुनाएथ्यो - "दाई, बिदाको लगत्तै पछि पोखरामा अन्तर क्याम्पस भलिवल प्रतियोगिता छ। खेल्न जानु पर्छ है।" मलाइ थाहा छैन रगत कसरि बिकसित हुन्छ। मेरा बाबा एउटा कनिस्ठ सरकारि जागिरे थिए। खेलको नाममा तास को "साइटिङ वा फुट्टिकट" बाहेक केहि मन पर्थेन। मेरि आमा जिवन भरकि ग्रिहिणि, उनले खेल के हो कहिल्यै बुझ्ने मोउका पाइनन। मेरो रगत कसरि बिकसित भयो कुन्नि। खेलको नाम सुन्ना साथ कण कण उर्लेर आउँछ। भलिवल होस्, कि ब्याडमिन्टन्, वा फुटवल वा क्यारिम् बोर्ड वा डन्डि बियो वा कवर्दि वा जो कोहि खेल मेरो सम्मुख भएर गुज्रिये, तिनिहरुले मेरो रगत प्रदुसित गराइरहे। कोहि नचिनेको मान्छे उफ्रिरहेको होस् र एउटा खेलाडिको नपुग होस्; म लुत्त छिरिहाल्ने। म असिम असांस्क्रितिक् बिकास भएँ, खेलको मामलामा। अझ यो त जिवनमा पहिलो अवसर थियो, त्यो इस्तरको प्रतियोगितामा भाग लिन पाउने। सहर्स स्विकारे - "भै हाल्छ नि, तिमिले भनेपछि।"

मलाइ थाहा छ, म कुनै उच्च क्षमताको खेलाडि हैन - खेल जुन सुकै होस्। सिक्यो, अलेलि आउँछ, तेसैमा फुर्कियो। बस। सायद लाटो देशको गाँडो तन्नेरि बनिरहें, सधै भरि। खेल्न उत्पाद इच्छा हुनु मात्रै खेलमा उत्क्रिस्ठ दक्षता हुनु हैन। उत्क्रिस्ठ खेलाडि हुन जन्मदै केहि लिएर आउनु पर्छ। मैले जति लिएर आएको छु, त्यो मेरै कलेज भित्रका प्रतियोगिताहरुको लागि मात्र ठिक हो। यो अन्तर क्याम्पस प्रतियोगिताको लागि हैन। अफसोस, हामीमा अलिकता फरियावाद जहापनि चलि हाल्छ। तेसैले म जत्तिकै; वा हुन सक्छ म भन्दा उच्च गुणस्तरका; कति अरु खेलाडिहरु छाडेर संगमले मेरो नाम लियो होला। तर म अझै यो मानेमा इस्पस्ट छैन कि कुन प्रक्रितिको फरियावादमा संगमले मलाई नातेदार ठानिरहेछ। म साधारण Voter बाहेक केहि हैन, उस्को खेमाको। के तेहि पर्याप्त थियो? जसरि सुकै होस्, कसैले मलाइ नातेदार संझेर गुण लगाउछ भने केलाई त्यो कस्तो नाता हो भनेर खोतल्ने जरुरि? म कुनै अलौकिक प्रणि हैन। मानविव स्वार्थलाई म किन अंगिकार नगरौं? हो तेसैले, अरु राम्रा खेलाडि छुटेका हुन् कि नहुन, म बोलाइएँ। तेहि महत्वपुर्ण हो। तेहि सम्पुर्ण हो।

दिनहरु बित्दै थिए। निर्धारित मितिको एक साता जति अघि दल बिर राइले पुन: अन्तिम निधो गर्न खोज्यो - "पोखरा जाने हैन त?" दल बिर टोलिको प्रमुख खेलाडि। मेरुदन्ड भनौ न। पहिलो सर्टर, हाम्रो भलिबल टिमको। तर मेरो परिस्थिति अलिकता प्रतिकुल बन्दै थियो। सहरभरि बिरामिको ताति लागिरहेको थियो। बुबा, दिदि, भाउजु सबै बिरामि। भ्याइ नभ्याइ थियो हामी भचेका दाजु भाइलाई। तैपनि मेरो खेल र त्यो प्रायोजित यात्रा दुबै प्रतिको आकर्षणले घच्घच्याइ रह्यो र लोभि आकांक्षाहरुलाइ मिच्न सकिन। हुन्छ भनिदिएं। टोलि बन्यो - "दल बिर राइ, सुर् न ताल्, दर्पण कार्की, प्रेरित उपध्याय, संगम बस्याल्, लवण सिलवाल, सुमन राम घिमिरे, सम्पुर्ण क्षेत्रि र अरु १-२"। मेरो फोटो लगियो। मेरो नामको जर्सी बन्यो। र म त्यो अन्तिम बिन्दुमा पुगें - जहाँवाट मलाइ यो भ्रमण परित्याग गर्न अधिक असहज थियो।

माघ २२-२५ को प्रतियोगिता कार्यक्रम हुनुपर्छ। प्रेरित उपध्यायको assessment पर्यो रे, २२ मा। हाम्रो खेलहरु २३ देखि मात्रै राख्न आग्रह गरियो। २२ को सांझतिर बाटो लाग्ने सहमति भयो। म तेहि मनस्थितिमा २१ गते बुबालाइ भेट्न तिन्कुने गएं। बुबालाइ कफले अझ च्यापेको रहेछ। होस्टेल फर्कने कुरा भएन त्यो दिन। मन अझै अन्योलमा पर्यो, "बुबालाइ कस्तो हुने हो, पोखरा जानेकि नजाने!" बिहान सम्ममा बुबालाइ अलिक् बिसेक् भयो। होस्टेलमा के पुगेको थियें - "काहा हराएको, हामि त दिउसै जान लागेको" भन्छ दल बिर। Assessment हुने भोलि आउछन् रे, अरु आजै। Assessment त मेरो नि थियो, तर हाप्ने बाहाना मिलिराछ। यस्तो मौका थोरै आउछ, उपयोग गर्नै पर्यो। त्यो उपयोग सदुपयोग हो कि दुरुपयोग त पछि नै थहा होला, अहिले जाँच छल्न पाए पुगि गो नि। सायद वर्तमान सबैभन्दा प्यारो हुने रहेछ। परिक्षा फारम पनि भर्नु थियो, यता उति गरेर ३१०० भेला पारें र गोर्कि भनिने गोवर्दन कार्किलाइ जिम्मा लगाएर १२ बजे क्यम्पस गेट पुगें। हो यहाँ बाट सुरु भयो मेरो प्रायोजित पोखरा यात्रा। खेलाडिको पदवि सहितको; सम्पन्न र संभ्रान्त यात्रा।

हामी ८ जना, त्यो group मा। २ वटा Taxi हरु जावलाखेल हुदै चक्रपथ निस्किए र कलंकितिर हुइकिए। मलाइ अव पैसा कति पर्ला वा यो सस्तो त्यो महंगो संग सरोकार छैन। भ्रमणका नाइकेहरु पनि अरुनै छन्, आफु त ठ्याक्क Taxi आइपुगे पछि चडे पुग्यो। मलाइ चिसो चाहियो वा तातो भन्दे पुग्यो, त्यो तुरुन्त आइपुग्ने। उफ्। मोज् नै होला यो। सायद् अर्काको बाउको श्राध्य हो कि। २ बजेतिर एउटा मिनि बसले हामिलाई सर्लक्क निल्यो - कलंकिमा; र चिप्लन थाल्यो - त्यो पस्चिमतिरका ससाना थुम्काहरु तर्फ। मुग्लिङ सम्मको वाटो उहि हो - धेरै पटक नापिएको। यो ११० KM सडक अर्को एकपटक नापिउन्जेल हामी रमाइला कुराहरुसंगै हाँसिरह्यौं। नौबिसेका पुरि तरकारिहरु, मलेखुका माछाहरु, र गोर्खाबाट झारिएका रसिला सुन्तलाहरुले मुख ब्यस्त बनिरह्यो। यो सडकमा म सायद् २० भन्दा बढि पटक ओहोरदोहोर गरिसकें हुंला। दिवा बस, रात्रि बस, बिहानिमा, सांझमा; सबै संभावित समयहरु। ढल्किंदो मध्यान्नको यो समय त्यो ओरालो झर्न उत्क्रिठ थियो। दक्षिण पस्चिम मुख फर्काएका पहाडहरुम घामको न्यानो पोतिएको छ। थानकोट तलका घुम्तिहरु, बेंसिका फाँटहरु, त्रिसुलिका बगरहरु र किनारै किनार लमतन्न सडकहरु - द्रिश्य मनमोहक छ, आकर्षक छ। कति सुलुत्त चिप्लिएछ समय। दायाँ बायाँ पसलहरु देखिए। मुग्लिङ् आइसकेछ। पाइन्टको खल्तिमा राखेको घडि निकालेँ। त्यो संधै पाइन्टमै हुन्थ्यो। किन चेन फेर्नलाइ खर्च गर्नु? समय हेर्न मिलि हाल्छ। ५ बजेको रहेछ। सांझको।

Sunday, January 6, 2008

लोक भाकाहरु

सुन मेरी मयालु




आवाज रेलैको

Friday, January 4, 2008

पोखरा: मेरो सुन्दर यात्रामा

पोखरा: मेरो सुन्दर यात्रामा १

त्यो मिनिबस चिप्लिरह्यो; सुलुलु सुलुलु। साँझको ६ बज्यो। बन्दिपुर जाने दोबाटो काटियो। ब्यास गुफा जाने दोबाटो पनि। बिस्तारै अंध्यारोले ढाक्न थाले पनि सगरमा अलेली उज्यालोपन बाँकि नै थियो। मैले एकैछिन पर्दा लगाएँ। झ्यालको। भित्र गण्डकि भेकका लोक भाकाहरु गुन्जायमान छन्। म असिम आभारि छु, ति गुरुजि संग कि उनले हाम्रो यो यात्रलाइ लोक भाकाहरुसंग भिजाइदिए। जवकि धेरै यस्ता बस यात्राहरु हिन्दि गितहरुले भरिएका हुन्छन्। म कदाचित् भन्दिन मलाई "य लाल रंग कब मुझे छोडेगा" मन् परोइन भनेर। तर यस्ता यात्राहरुमा मलाइ लोक भाकाहरुसंग जुन आत्मियता, रोमन्चकता र सामिप्यता गासिएको छ, त्यो अरु केहिमा थिएन, छैन र हुन सक्दैन।

बजिरहेको चक्का सकिएछ क्यारे, लोक भाका रोकियो। खै किन किन वातावरण अचाक्लि उकुसमुकुस लागिरहेछ। फेरि पर्दा खोलें, सायद मुक्ति को खोजि। पर पहाडहरु अलेलि देखिदै थिए, तर ति हरियाबाट अंधेरा काला बनिरहेछन्। पहेँला सगरहरु आफैँ मात्र हो संसार भनेझैं पहेंल्लिरहेछन्। म एकाग्र झ्याल बहिर भुलिरहेछु। हेर्दा हेर्दै मेरो संसार निष्पठ्ठ अंधेरो बनिरहेछ। मानौ अव कहिल्यै घामका किरणहरु फर्किने छैनन्। तर त्यो सानो संसार - यात्रको एउटा फिलिंगो - एक टुक्रा जिन्दगि - त्यो मिनिबस भित्रको संसार; सायद अझै उज्यालो छ। यस्तो लाग्छ, पर्दा बाहिरको निपठ्ठतासंग यसको कुनै साइनो छैन। तर मलाइ किन किन त्यो पर्दा बहिरको अंध्यारोले खेदि रहेछ। यो भित्रको लर्खराउंदो प्रकाशको कुनै मतलव देख्दिन म। पर्दा बाहिरको एक बित्ता संसारलाइ पनि आफ्नो बनाउन नसक्ने यो सिमित प्रकाशको के अर्थ। यो बनावटि प्रकाश को के भर, जुनै बेला पनि झ्याप्प निख्रिदिन सक्छ। मलाइ सुर्यको प्राक्रितिक प्रकाश चाहिन्छ, घामको न्यानोपन सहितको; निस्कपट, निस्छल्, धोका को कुनै गन्ध रहित। मैले कहिल्यै रात ढलेर मिर्मिरे उशाले समपुर्ण संसार नढाकेकि देखेको छैन र मलाइ तेहि सदियौं को निस्छलता चाहिन्छ। यधप्पि, घाम हाललाइ बिलाएकि छिन, र म वर्तमानमा बिलाएको घामलाइ अंगालेर वास्तबिकताबाट भाग्न सक्दिन।

त्यो अँधकार संसारमा एउटा छुट्टै सानो समाज छ। २०-२५ यात्रुहरुको। जहां झलमल्ल बत्तिहरु बालिएका छन्, संगितहरु गुन्जिएका छन्। अफसोस, यो समाज हो झै पनि लाग्दैन फेरि। सबै आ-आफ्नो तालमा आ-आफ्नै जिन्दगिमा गुज्रिरहेका। कोहि गफगाफमा। कोहि अर्को सिटकि किसोरीका चेहराहरुमा। कोहि जिवन साथिका न्याना अंगालाहरुमा। कोहि नवप्रेमि का ढाडसहरुमा। कोहि प्यारि निद्रा देबिसंग। म सर्सरति सबै वातावरण नियाल्छु - मेरो त्यो तत्कालिन सिमित दुनियाको। गुरुजि steering कहिले यता कहिले उता घुमाइरहेछन्, एकोहोरो। लाग्छ उन्को जिवन पनि तेहि steering हो, कहिले यता र कहिले उता घुमिरहेको। तर त्यो मिनिबस र उन्को जिवनमा अतुलनिय फरक महसुस भैरहेछ। उनि चाहुन त सक्छन, झ्याप्प ब्रेक दबाउन - त्यो मिनिबसको। तर उनको आफ्नै जिन्दगि त चलिनै रहन्छ - मेरो जस्तै। यि जिन्दगिका steering र ब्रेकहरु अरु कसैको हातमा छ, हामि त सिर्फ एउटा मिनिबस हौं। कुनै काठ्मन्डु पोखरा चालिरहेका, कोहि पोखरा काठ्मन्डु। आउदा जादा भेट हुने; मुंग्लिन् र आंबु खैरेनिहरुमा।

हैन, यस्तो पनि त हो, यो सानो यात्राका सबै जिन्दगिहरुको steering र ब्रेक त उहि गुरुजि संगै छ। के भर, कतै अरुहरुको यो जमात सहित उनि बिलाउन्, सेतिका गहिराइहरुमा। जिवनको ब्रेक कुनै अद्रिस्य सक्ति (हुन सक्छ त्यो भगवान होस्) संग छ भन्दा एक् किसिमको ढुक्क हुने रहेछ, तर तेहि ब्रेक कुनै अर्को जिवात्मा संग छ भन्दा त जिवन कहालि लाग्दो बन्दो रहेछ। निमेश् भर्को यो उद्बेग पनि कति बिकराल। आखिर जिवन के हो र, फगत अनुभुतिहरु बाहेक। कहिले बोझिला, बफिला। कहिले रमाइला, उन्मक्त। र जिवन फगत एउटा सिंगो यात्रा न हो - हजारौं टुक्रा टुक्रि यात्राहरु जोडिएको। बिचमा सयौं मसिना यात्राहरु आउँछन्। र ति यात्राहरुमा कोहि आफ्नाहरु आउँछन् र पराइ भएर बिलाउँछन्, कोहि पराइहरु आउँछन् र आफ्ना भएर जान्छन्। हजारौं हजार अरु तथाकथित सामुहिक यात्राहरु पनि आउँछन् - जहाँ आफु एक्लै हिडिन्छ तर देख्नेले अरुसंग देखिदिन्छ। ति गुरुजि जिवन भर एक्लै यात्रामा होलान्- आफुमा। तर म देख्छु - उन्को अधिकांस यात्राका टुक्राहरु अरु जिन्दगीहरुसंग गासिएका छन्।

क्रमस ...